जो बाइडेनद्वारा २०२४ को राष्ट्रपतीय चुनाव लड्ने घोषणा

२०८० वैशाख १२ गते १७:१५

उनले एक प्रमोशनल भिडियोमार्फत आफ्नो निर्णय सार्वजनिक गरेका छन । तीन मिनेटको यो भिडियोमा उनी पुनः निर्वाचित भएको औपचारिक घोषणा गरिएको छ । यस भिडियोमा एउटा शब्द ‘स्वतन्त्रता’ मा विशेष जोड दिइएको छ । अमेरिकाका ४६ औँ राष्ट्रपति जो बाइडेनले भिडियोमा गर्भपतनको अधिकार, लोकतन्त्रको...

परिवर्तन उल्ट्याउन घेराबन्दी भइरहेको छ: गृहमन्त्री श्रेष्ठ

२०८० वैशाख १२ गते १६:३८

narayanकाठमाण्डु, १२ वैशाख– उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले ठूलो बलिदानबाट प्राप्त परिवर्तन उल्ट्याउन विभिन्न षड्यन्त्र र घेराबन्दी भइरहेको बताएका छन । आज (मंगलबार) गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले गोरखा भूकम्पको केन्द्रबिन्दु बारपाकमा आयोजित भूकम्प स्मृति दिवस कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । उनले परिवर्तनलाई...

भ्रष्टाचारमा ५ वर्षे हदम्याद सबै भ्रष्टाचारीलाई बचाउने प्रयास: केसी

२०८० वैशाख १२ गते १६:२७

काठमाण्डु, १२ वैशाख–कांग्रेस सांसद अर्जुननरसिंह केसीले भ्रष्टाचारमा ५ वर्षे हदम्याद सबै भ्रष्टाचारीलाई बचाउने प्रयास भएको भन्दै त्यसको विरोध गरेका छन । भ्रष्टाचारमा ५ वर्षे हदम्यादको व्यवस्था राखेर राष्ट्रिय सभाले दुई वटा विधेयक भ्रष्टाचार निवारण ऐन र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन संशोधन विधेयक० पारित...

प्रेम सुवालको प्रश्न: भारतबाट विषादी भएको दाल चामल ल्याएर खुवाउन यो गठबन्धन सरकार बनाइएको हो ?

२०८० वैशाख १२ गते १६:०९

काठमाण्डु, १२ वैशाख– नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारले किसानलाई समयमा मल नदिने तर भारतबाट विषादी मिसिएको चामल दाल आयात गर्ने गरेको बताएका छन । आज (मंगलबार) बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले यस्तो बताएका हुन । सांसद सुवालले मल...

एमाले सांसद रघुजी पन्तको प्रश्न–भारत भ्रमणबारे सदनमा प्रधानमन्त्री प्रचण्डले जानकारी किन नगराएको ?

२०८० वैशाख १२ गते १५:३७

काठमाण्डु, १२ वैशाख–एमाले सांसद रघुजी पन्तले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न भारत भ्रमणबारे संसदमा जानकारी नगराएको प्रति गुनासो व्यक्त गरेका छन । आज (मंगलबार) प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले यस्तो बताएका हुन । सांसद पन्तले सदनमा प्रधानमन्त्रीले भारत...

यो जित भोट नहाल्नेको पनि हो: रवि

२०८० वैशाख १२ गते १५:३२

काठमाण्डु, १२ वैशाख– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई भोट हाल्नेको मात्रै जित नभएर भोट हाल्न नपाउनेहरूको समेत जित भएको बताएका छन । चितवन–२ बाट निर्वाचित भएपछि विजय ¥यालीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उनल आफूलाई मतदान गर्ने सम्पूर्ण मतदातालाई धन्यवाद...

पार्टी विरुद्ध सामाजिक सञ्जालमा आक्रमण बढ्यो: देउवा

२०८० वैशाख १२ गते १५:२४

संसदीय दलको बैठकमा उपनिर्वाचनको क्रममा पार्टी र नेताहरुविरुद्ध सामाजिक सञ्जालमा संगठित आक्रमण गरिएको गुनासो राखेको बैठकमा सहभागी एक सांसदले जानकारी दिएका छन । बजेटका प्राथमिकताका विषयमा सांसदहरुको राय लिनका लागि डाकिएको बैठकमा सभापति देउवाले थेग्नै नसक्ने गरी आक्रमण गरीएको बताएका छन ।सोमबार र मंगलबार...

दाङमा सर्पको टोकाइबाट एक जनाको मृत्यु

२०८० वैशाख १२ गते १४:१८

काठमाण्डु, १२ वैशाख– दाङमा सर्पको टोकाइबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–१६ शान्तिटोलका २६ वर्षीय रोशन डाँगी रहेका छन । उनको सोमबार राति सर्पको टोकाइबाट मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घरमा सुतिरहेको अवस्थामा राति १० बजेतिर सर्पले खुट्टामा...

सभामुखलाई रास्वपा सांसद डाँगीको प्रश्न: एमाले सांसद कोइरीलाई किन कारबाही गरिएन ?

२०८० वैशाख १२ गते १४:१०

काठमाण्डु, १२ वैशाख– राष्ट्रिय स्वतन्त्र पार्टीकि सांसद निशा डाँगीले एमाले सांसद लक्ष्मी महतो कोइरीलाई किन कारबाही नगरेको भन्दै प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेमाथि प्रश्न गरेकी छन् । उनले भनीन्, ‘यस सदनका एक सदस्य लक्ष्मी महतो कोइरी जानकारी गराएर अनुपस्थित भएका हुन् वा जानकारी नगराई...

एमालेलाई पुरानो पार्टी नभनियोस्: सांसद रिजाल

२०८० वैशाख १२ गते १४:०७

काठमाण्डु, १२ वैशाख– एमाले सांसद ईश्वरबहादुर रिजालले आफ्नो पार्टीलाई पुरानो पार्टी नभन्न आग्रह गरेका छन । आज मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै उनले यस्तो आग्रह गरेका हुन । उनले पुरानो र नयाँ पार्टीको भाष्य बनाउन खोजिएको र एमालेलाई पुरानो पार्टीमा राखिएको भन्दै...

शहरमा हवाईजहाजको गोठालो गर्दैछु: मन्त्री किराती

२०८० वैशाख १२ गते १३:३३

काठमाण्डु, १२ वैशाख–संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले गएराति फ्लाइ दुबईको विमानमा चरा ठोक्किएको अहिलेसम्म पुष्टि नभएको बताएका छन । कानठमाण्डुबाट उडेलगत्तै फ्लाइ दुबईको विमानबाट विस्फोटको आवाज आएको थियो । त्यो जहाज केहिबेर काठमाण्डु र धादिङको आकाशमा राउण्ड लगाएर आफ्नो गन्तब्य दुबई...

सुशासनको एजेन्डामा टेकेर समृद्धि ल्याउँछौं: रवि

२०८० वैशाख १२ गते १३:२५

काठमाण्डु, १२ वैशाख– चितवन–२ को उपनिर्वाचनमा भारी मतान्तरले विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुशासनको एजेन्डामा टेकेर समृद्धि ल्याउने बताएका छन । लामिछानेले सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया दिंदै यस्तो बताएका हुन । उनले जनताले खोजेको भष्ट्राचार नियन्त्रण र सुशासन भएकोले आफूहरुले मुख्य जोड...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us