
काठमाण्डु, १२ वैशाख– चितवन–२ को उपनिर्वाचनमा भारी मतान्तरले विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुशासनको एजेन्डामा टेकेर समृद्धि ल्याउने बताएका छन ।
लामिछानेले सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया दिंदै यस्तो बताएका हुन । उनले जनताले खोजेको भष्ट्राचार नियन्त्रण र सुशासन भएकोले आफूहरुले मुख्य जोड त्यसैमा दिने बतएका छन ।
उनले भष्ट्राचारसहित सरकारी संयन्त्र र जनताले अनुभूत हुने गरी सुशासन कायम गर्न लागिपर्ने बताएका छन । आमअपेक्षा पनि यहीँ रहेकोले सोही अनुसार मत पाएको उनले बताएका छन ।
सभापति लामिछानेले अहिलेको सरकारलाई दिएको विश्वासको मतका बारेमा सोचेर सल्लाह गरेर पुनर्विचार गर्ने बताएका छन ।