
काठमाण्डू, ६ जेठ– ४ किलो ६ सय ग्रामभन्दा बढी लागुऔषध गाँजासहित एक भारतीय पक्राउ परेका छन् ।
भारतीय नागरिक ४२ वर्षीय रामु यादव सोमबार राति अन्तर्राष्ट्रिय विमानस्थलको गेटबाट गाँजासहित पक्राउ परेका हुन् ।
उनी बैंककबाट काठमाण्डू आएका प्रहरीले जनाएको छ । विमानस्थल सुरक्षा कार्यालय प्रहरीका अनुसार यादवले सुटकेशमा राखेर जाँगा ल्याएका थिए ।
यादवलाई आवश्यक कारबाहीका लागि लागूऔषध नियन्त्रण ब्यूरोको जिम्मा लगाइएको छ ।