
नुवाकोट, ११ वैशाख– नुवाकोटको किम्ताङमा गोली लागेर एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा किम्ताङका २६ वर्षीय पञ्च घले रहेका छन ।
घलेको गोलीको छर्रा लागेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । जिल्लाको म्यागङ गाउँपालिका ४ किम्ताङमा शिकार खेल्न जंगल गएका २८ वर्षीय अमित तामाङले बोकेको भरुवा बन्दुक पड्किँदा पञ्च घलेको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।