
काठमाण्डु, ११ वैशाख– बारा–२ को उपनिर्वाचनको मतगणनामा फेरी जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अग्रता लिएका छन ।
आज (सोमबार) दिउँसो सार्वजनिक पछिल्लो मत परिणाम अनुसार यादवले १३९० प्रप्त गरेका छन भने जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहले १३०१ मत प्रप्त गरेका छन ।
त्यस्तै एमालेका पुरुषोत्तम पौडेलले ६२९ प्रप्त गरेका छन यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २५९ मत प्रप्त गरेका छन । मतगणनाको सुरुवातमा जसपाका उपेन्द्र यादवले अग्रता लिएका थिए तर पछि शिवचन्द्रले अग्रता लिएका थिए ।