
काठमाण्डु, ११ वैशाख– संसदीय समितिको भागवण्डा मिलेको छ । आज (सोमबार) सिंहदरबारमा संसदका प्रमुख तीन दलका शीर्ष नेताहरुबीच भएको बैठकमा एमालेले तीन वटा समितिको सभापति लिने सहमति भएको छ ।
संयुक्त समितिमध्ये संसदीय सुनुवाइको सभापति नेपाली कांग्रेसले लिनेछ भने राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मुल्यांकन समितिको सभापति एमालेले लिने एमाले प्रमुख सचेतक पदम गिरीले जानकारी दिएका छन ।
यस्तै प्रतिनिधि सभाको १० वटा विषयगत समितिमध्ये एमालेले सार्वजनिक लेखासहित २ वटाको सभापति लिने उनले जानकारी दिएका छन ।