
काठमाण्डु, ११ वैशाख– तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार डा. स्वर्णिम वाग्ले जित नजिक पुगेका छन् ।
एक तिहाई मत मात्र गणना हुन बाँकी छँदा वाग्ले प्रतिस्पर्धीभन्दा ११ हजार बढी मतले अगाडि छन् । वाग्लेले २६८२७ मत पाएका छन् । कांग्रेसका गोविन्द भट्टराई १५४५४ मतसहित वाग्लेलाई पछ्याइरहेका छन् ।
तेश्रो स्थानमा रहेका एमालेका सर्वेन्द्र खनालले ७२८९ मत पाएका छन् । ६३ हजार ७ सय ५७ मत खसेकामा एक तिहाईभन्दा बढी मतगणना भइसक्दा भारी मतान्तरले अगाडि रहेका वाग्लेको जित करिब निश्चितजस्तै छ ।