माओवादी मन्त्रीहरु त्यति धेरै बदनाम छैन: सञ्चारमन्त्री शर्मा

२०८० जेठ ६ गते १५:१८

काठमाण्डु, ६ जेठ– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले माओवादी केन्द्रबाट मन्त्री भएकाहरुले राम्रो काम गरेको र त्यति धेरै बदनाम नभएको बताएकी छन । आज (शनिबार) प्रेस सेन्टरको प्रतिष्ठान प्रदेश समितिले काठमाण्डुमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन । उनले विगतको र...

व्यक्ति र पार्टीभन्दा माथि उठेर काम गरिरहेको छु: अर्थमन्त्री

२०८० जेठ ६ गते १४:३४

काठमाण्डु, ६ जेठ–अर्थमन्त्री डा प्रकाशशरण महतले प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको टिमसँग वार्ता गरेका छन । आज शनिबार सिंहदरबारमा बसेको समितिको बैठकमा मन्त्री महतले अर्थतन्त्रको अवस्था र सूचकहरूका बारेमा छलफल गरेका हुन् । छलफलमा अर्थमन्त्री डा महतलाई सांसदहरुले वर्तमान अर्थतन्त्रका बारेमा विभिन्न जिज्ञासा राखेका थिए ।...

उपप्रधानमन्त्री श्रेष्ठ र एमसीसी उपाध्यक्ष ब्रुक्सबीच भेटवार्ता

२०८० जेठ ६ गते १४:२०

 काठमाण्डु, ६ जेठ– उपप्रधान एव‌ं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का उपाध्यक्ष जोनाथन ब्रुक्सबीच भेटवार्ता भएको छ । नेपाल भ्रमणको क्रममा रहेका एमसीसी उपाध्यक्ष ब्रुक्स नेतृत्वको टोलीले आज शनिबार सिंहदरबारस्थित गृह मन्त्रालयका पुगेर उपप्रधानमन्त्री श्रेष्ठसँग शिष्टाचार भेटवर्ता गरेका हुन...

एमाले संसदीय दलको बैठक बस्दै

२०८० जेठ ६ गते १४:१२

काठमाण्डु, ६ जेठ– एमालेको संसदीय दलको बैठक बस्दै छ । आज (शनिबार) दिउँसो २ बजेदेखि संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा हुने बैठकमा पार्टीका संसदीय दलका नेता एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्दै भएका छन । सरकारले शुक्रवार संसदमा प्रस्तुत गरेको आगामी...

दलहरु फेरि एक ठाउँमा उभिनुपर्ने स्थिति आउनसक्छ: प्रधानमन्त्री प्रचण्ड

२०८० जेठ ६ गते १३:२९

काठमाण्डु, ६ जेठ– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तापक्ष र प्रमुख प्रतिपक्षका नेताहरु बैठकमा बस्नुलाई नराम्रो दृष्टिकोणबाट लिन नहुने बताएका छन । आज (शनिवार) काठमाण्डुमा अखिल नेपाल ट्रेड युनियन महासंघको पदास्थापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन ।...

सबैभन्दा लामो घाँटी भएको डाइनोसरको अवशेष अर्जेन्टिनामा भेटियो

२०८० जेठ ६ गते १३:२३

एजेन्सी– अर्जेन्टिनाका जीवाश्मविद्हरूले देशको दक्षिणी पाटागोनिया क्षेत्रमा लामो घाँटी भएको हर्बिभोरस डाइनोसरको विशाल नयाँ प्रजातिको अवशेष भेटेका छन । अहिलेसम्म कै सबैभन्दा लामो घाँटी भएको हर्बिभोरस डाइनोसरको विशाल नयाँ प्रजातिको अवशेष फेला परेको उनीहरूले जानकारी दिएका छन । सो जिबाश्मा पुएब्लो ब्लान्को नेचर रिजर्भमा...

संविधानको पुनर्मूल्यांकन गर्ने बेला भएको छैन: पूर्वराष्ट्रपति यादव

२०८० जेठ ६ गते १३:२१

काठमाण्डु, ६ जेठ– पूर्वराष्ट्रपति डा. रामवरण यादवले संविधानको पुनर्मूल्यांकन गर्ने बेला नभएको बताएका छन । शुक्रबार काठमाण्डुमा वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीद्वारा लिखित पुस्तक नेपालको संविधानको व्याख्या भाग १ र २ को विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उनले अहिले नै...

कोरियाली राष्ट्रपति येल र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता

२०८० जेठ ६ गते १३:१५

एजेन्सी– दक्षिण कोरियाका राष्ट्रपति युन सुक येल र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । भेटवार्ताको क्रममा दुवै पक्षबीच पारस्परिक सम्बन्ध विस्तारका साथै प्रतिरक्षा र व्यापारीक सम्बन्ध प्रवद्र्धनबारे विचारविमर्श भएको भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले जानकारी दिएका छन । कोरियासँगको विशेष राजनीतिक...

काठमाण्डु उड्न लागेको बुद्ध एयरमा मुसा देखियो, प्राविधिक टोली जनकपुरतर्फ

२०८० जेठ ६ गते १२:४०

काठमाण्डु, ६ जेठ– जनकपुरबाट काठमाण्डुतर्फ उड्न लागेको बुद्ध एयरको जहाजमा मुसा दखिएपछि उडान स्थगित गरीएको छ । बोर्डिङपास भइसकेपछि यात्रुले मुसा देखेपछि उडान स्थगित भएको नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ । यात्रुले मुसा देखेपछि उडान स्थगित भएको र यात्रु अर्को जहाजमार्फत काठमाण्डुतर्फ आइरहेको...

चन्द्रागिरिमा एक महिलाले गरिन् आफैंले आगो लगाएर आत्महत्या

२०८० जेठ ६ गते १२:२०

काठमाण्डु, ६ जेठ– काठमाण्डुमा एक जना महिलाले शरीरमा आगो लगाएर आत्महत्या गरेकी छन । रामेछाप घर भई काठमाण्डु चन्द्रागिरि नगरपालिका–९ मच्छेगाउँ बस्दै आएकी ३६ वर्षीय शान्ति श्रेष्ठले बगो लगाएर आत्महत्या गरेको जिल्ला प्रहरी परिसर काठमाण्डुले जानकारी दिएको छ । श्रेष्ठले शुक्रबार दिउँसो पौने ३...

एभरेस्ट बैंकको इटहरी शाखाबाट बचतकर्ताको डेढ करोड हिनामिना, शाखा प्रमुखसहित ९ जना पक्राउ

२०८० जेठ ६ गते ११:३६

काठमाण्डु, ६ जेठ– सुनसरीको इटहरीस्थित एभरेस्ट बैंकको शाखाबाट बचतकर्ताको डेढ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना भएको खुलेको छ । उक्त हिनामिनामा बैंकका कर्मचारीहरु नै संलग्न रहेका पाइएको प्रहरीले बताएको छ । बचतकर्ताको रकम हिनामिना गरेर ठगी गरेको आरोपमा प्रहरीले एभरेस्ट बैंकको इटहरी शाखाका प्रमुखसहित...

 मेरो भारत भ्रमण दुवै देशका लागि ऐतिहासिक बन्नेछ:  प्रधानमन्त्री  

२०८० जेठ ६ गते ११:२९

काठमाण्डु, ६ जेठ– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो आसन्न भारत भ्रमण दुवै देशका लागि ऐतिहासिक बन्ने बताएका छन । कान्तिपुर मिडियाद्वारा राजधानीमा आज आयोजित हाफ म्याराथनको एक कार्यक्रमबीच शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन । प्रधानमन्त्री प्रचण्डले भारतसँग खुला...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us