एमाले संसदीय दलको बैठक बस्दै

काठमाण्डु टुडे २०८० जेठ ६ गते १४:१२ मा प्रकाशित

काठमाण्डु, ६ जेठ– एमालेको संसदीय दलको बैठक बस्दै छ । आज (शनिबार) दिउँसो २ बजेदेखि संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा हुने बैठकमा पार्टीका संसदीय दलका नेता एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्दै भएका छन ।

सरकारले शुक्रवार संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०र०८१ को नीति तथा कार्यक्रमबारे संसदमा एमालेले खेल्ने भूमिकाका बारेमा बैठकमा छलफल हुने एक नेताले जानकारी दिएका छन ।

भोलिदेखि सुरु हुने नीति तथा कार्यक्रमबारे सदनमा कसरी प्रस्तुत हुने सन्दर्भमा संसदीय दलको बैठक बस्न लागेको एमाले सांसद लीलानाथ श्रेष्ठले जानकारी दिएका छन ।

आगामी आर्थिक वर्षका लागि सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रममाथि भोलिदेखि दलगत आधारमा प्रतिनिधि सभामा छलफल हुँदै छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us