काठमाण्डु उड्न लागेको बुद्ध एयरमा मुसा देखियो, प्राविधिक टोली जनकपुरतर्फ

काठमाण्डु टुडे २०८० जेठ ६ गते १२:४० मा प्रकाशित

काठमाण्डु, ६ जेठ– जनकपुरबाट काठमाण्डुतर्फ उड्न लागेको बुद्ध एयरको जहाजमा मुसा दखिएपछि उडान स्थगित गरीएको छ ।

बोर्डिङपास भइसकेपछि यात्रुले मुसा देखेपछि उडान स्थगित भएको नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ । यात्रुले मुसा देखेपछि उडान स्थगित भएको र यात्रु अर्को जहाजमार्फत काठमाण्डुतर्फ आइरहेको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिएका छन ।

उनले भने, ‘यात्रुहरु ल्याण्ड हुने समय भइसक्यो । बुद्धको जहाजमा केही प्राविधिक खराबी देखिएको छैन ‘तर मुसा देखिएपछि चेकजाँच गर्न प्राविधिक टोली जनकपुरतर्फ लागिसकेको छ ।’

यात्रुले मुसा देखेपछि विमान होल्ड गरिएको जनकपुरस्थित बुद्ध एयरका कर्मचारी सन्दीप लामाले जानकारी दिएका छन । जहाजमार्फत ४९ जना यात्रु काठमाण्डुतर्फ आउन लागेका थिए । जहाज आजै बिहान साढे ८ बजे जनकपुर पुगेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us