बालकृष्ण खाँण पक्राउको बदला लिन एसएसपी केसीलाई सरुवा गर्न दबाब

२०८० साउन ३० गते १३:५१

काठमाण्डु, ३० साउन– काँग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा देउवाले काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी डा. मनोज केसीलाई सरुवा गर्न दबाब दिएकी छन् । श्रोतका अनुसार आरजुले केसीलाई त्यहाँबाट हटाउन गृहमा दबाब दिएकी छन् । केसीले लामो समय पेन्डिङमा रहेको नक्कली...

ट्विट गरेर नरेन्द्र मोदीलाई प्रचण्डले दिए शुभकामना

२०८० साउन ३० गते १२:५६

काठमाण्डु, ३० साउन– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय स्वतन्त्रता दिवसका अवसरमा भारतीय समकक्षी नरेन्द्र मोदीलाई बधाई तथा शुभकामना दिएका छन् । भारतले मंगलबार ७७औं स्वतन्त्रता दिवस मनाइरहेको छ । प्रचण्डले ट्वीट गर्दै मोदी र भारतीय जनतालाई स्वतन्त्रता दिवसको अवसरमा बधाई एवं शुभकामना दिएका छन्...

मणि थापासँग स्पष्टीकरण सोध्ने एमाले निर्णय

२०८० साउन ३० गते १२:५१

काठमाण्डु, ३० साउन– एमालेले स्थायी समिति सदस्य मणिचन्द्र थापासँग स्पष्टीकरण सोध्ने भएको छ । नेतृत्वको शैलीबाट असन्तुष्ट थापा पछिल्लो समय पार्टी काममा सक्रिय छैनन् । सोमबार बसेको उमाले सचिवालयले बैठकले थापालाई प्रष्टीकरण सोध्ने निर्णय भएको एक नेताले जानकारी दिए । थापा एमालेको गत फागुनमा...

प्रहरीका ९ सय ५८ इन्स्पेक्टरको एकैसाथ सरुवा

२०८० साउन ३० गते १२:१२

काठमाण्डु, ३० साउन– नेपाल प्रहरीले एकैपटक ९ सय ५८ प्रहरी निरीक्षकको सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभागले मंगलबार ९ सय ५८ प्रहरी निरिक्षकको सरुवा गरेको हो । केही समयअघि मात्र बरिष्ठ साईबाट बढुवा भएका प्रहरी निरीक्षकहरुको पनि पदस्थापन गरिएको छ...

गोलो पोल्न गएका युवकको अरिङ्गालको टोकाइबाट मृत्यु

२०८० साउन ३० गते १२:०५

गुल्मी, ३० साउन– अरिङ्गालले टोकेर गुल्मीमा एक जनाको मृत्यु भएको छ । गुल्मी प्रहरीका डिएसपी डिल्लीनारायण पाण्डेका अनुुसार मुसिकोट नगरपालिका–४ का २१ वर्षीय शैलेससिंह ठकुरीको अरिङ्गालको टोकाइबाट मृत्यु भएको हो । ठकुरी सोमबार साँझ साथीहरुका साथ स्थानीय देवीस्थान सामुदायिक वनमा अरिङ्गालको गोलो पोल्न गएका...

श्रीमान–श्रीमती मिलेर छिमेकीको सुन चोरी

२०८० साउन ३० गते १०:५६

बैतडी, ३० साउन– बैतडीमा छिमेकीको सुनका गहना चोरी गरेको आरोपमा श्रीमान–श्रीमती पक्राउ परेका छन् । डिलाशैनी गाउँपालिका–५ लेठ्ठेकोटका २३ वर्षीय गोपाल नाथ योगी र उनकी श्रीमती २० वर्षीया लक्ष्मी सुन चोरेको आरोपमा पक्राउ परेका हुन् । बैतडी प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक लोकराज जोशीले...

मेलम्चीको मुहान जाने सडक बाढीले बगायो

२०८० साउन ३० गते १०:४९

सिन्धुपाल्चोक, ३० साउन– अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको मुहान जाने सडक बाढीले बगाएको छ । हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले मेलम्ची खोलामा आएको बाढीले आयोजनाको मुहान जाने सडक अवरुद्ध भएको बताए । शेर्पाले ढुङ्गेबजारबाट आयोजनाको मुहान पुग्ने सडक सञ्जाल टुटेको जानकारी दिए । उनले...

केशव स्थापितले एमाले छाडे

२०८० साउन ३० गते ९:४२

काठमाण्डु, ३० साउन– काठमाण्डु महानगरपालिकाका पूर्वमेयर केशव स्थापितले एमाले परित्याग गरेका छन् । स्थापितले केही दिनअघि एमाले छाडेको जानकारी पार्टी नेतृत्वलाई गराएका थिए । सोमबार बसेको एमाले सचिवालय बैठकले उनलाई पार्टी जिम्मेवारीबाट मुक्त गरेको एमालेले जनाएको छ । स्थापित एमाले केन्द्रीय सदस्य थिए ।...

रुसमा पेट्रोल पम्प विस्फोटमा १२ को मृत्यु

२०८० साउन ३० गते ९:३६

एजेन्सी– रुसमा पेट्रोल पम्प विष्फोटपछि भएको आगलागीमा १२ जनाको मृत्यु भएको छ । रुसको दक्षिणी क्षेत्रस्थित डागेस्तानको एक पेट्रोल पम्पमा विष्फोट भएको त्यहाँको प्रहरीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । मृत्यु हुनेमा केही बालबालिका पनि छन् । अरु कयौं मानिस घाइेत भएको बताइएको छ...

मुस्ताङबासीका फोनले सयौं मानिसको ज्यान बच्यो

२०८० साउन ३० गते ८:५१

मुस्ताङ, ३० साउन– आइतबार साँझपख मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीका स्थानीय सधैंझैं कोही खाना पकाउन व्यस्त थिए, कोही खाना खाँदै । एक्कासि बजारमा बाढी आयो, बाढी आयो भन्दै हल्ला मच्चियो। एकैछिनमा बजारका सबै स्थानीय बजारभन्दा माथि सुरक्षित स्थानमा निस्किए । माथिपट्टि निस्किएको केही मिनेटमै...

आजदेखि पानी पर्न रोकिने

२०८० साउन ३० गते ८:२५

काठमाण्डु, ३० साउन– मुलुकभरको मौसममा आजदेखि सुधार देखिएको छ । काठमाण्डु उपत्यकासहित अधिकांश भूभागमा बिहानै घाम लागेको छ । शुक्रबार सुरु वर्षात सोमबार दिनभरसम्म जारी थियो । जल तथा मौसम विज्ञान भिावगअन्तर्गतको मौसम पुर्वानुमान महाशाखाका अनुसार आजदेखि भने लगातार वर्षात हुनेछैन । नेपाली आकाशमा...

जिप दुर्घटनामा ज्यान गुमाउने चारै जना हुम्लाका

२०८० साउन ३० गते ८:००

मुगु, ३० साउन–मुगुसोरु गाउँपालिकामा भएको जिप दुर्घटनामा ज्यान गुमाएकै सबैको सनाखत भएको छ । मृतक सबै हुम्लाका भएको हुम्ला प्रहरीका डिएसपी महेश बस्नेतले जानकारी दिए । मृत्यु हुनेमा हुम्ला सर्केगाड गाउँपालिका–२ रिपका राम परियार, सिमकोट गाउँपालिका–२ का प्रकाश बोहरा, ठेगाना नखुलेका राम परियार र...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us