ट्विट गरेर नरेन्द्र मोदीलाई प्रचण्डले दिए शुभकामना

काठमाण्डु टुडे २०८० साउन ३० गते १२:५६ मा प्रकाशित

काठमाण्डु, ३० साउन– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय स्वतन्त्रता दिवसका अवसरमा भारतीय समकक्षी नरेन्द्र मोदीलाई बधाई तथा शुभकामना दिएका छन् ।

भारतले मंगलबार ७७औं स्वतन्त्रता दिवस मनाइरहेको छ । प्रचण्डले ट्वीट गर्दै मोदी र भारतीय जनतालाई स्वतन्त्रता दिवसको अवसरमा बधाई एवं शुभकामना दिएका छन् ।

‘भारतको ७७औं स्वतन्त्रता दिवसको अवसरमा म प्रधानमन्त्री नरेन्द्र मोदी र भारतका जनतालाई निरन्तर शान्ति, प्रगति र समृद्धिका लागि हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्न चाहान्छु,’ प्रधानमन्त्रीले ट्विटमा भनेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us