
काठमाण्डु, ३० साउन– नेपाल प्रहरीले एकैपटक ९ सय ५८ प्रहरी निरीक्षकको सरुवा गरेको छ ।
प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभागले मंगलबार ९ सय ५८ प्रहरी निरिक्षकको सरुवा गरेको हो ।
केही समयअघि मात्र बरिष्ठ साईबाट बढुवा भएका प्रहरी निरीक्षकहरुको पनि पदस्थापन गरिएको छ ।
६४ प्रहरी निरिक्षकको पदस्थापन गरिएको विभागले जनाएको छ ।