
काठमाण्डु, ३० साउन– काँग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा देउवाले काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी डा. मनोज केसीलाई सरुवा गर्न दबाब दिएकी छन् ।
श्रोतका अनुसार आरजुले केसीलाई त्यहाँबाट हटाउन गृहमा दबाब दिएकी छन् । केसीले लामो समय पेन्डिङमा रहेको नक्कली भुटानी शरणार्थी प्रकरणको फाइल अघि बढाएका थिए ।
केसीकै नेतृत्वमा खाँण, एमाले सचिव टोपबहादुर रायमाझी, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई र तत्कालीन गृहसचिव टेकनारायण पाण्डेलगायत पक्राउ परेका थिए ।
हाल ती सबै पुर्पक्षका लागि थुनामा छन् । पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई पक्राउ गरेको झोक फेर्न आरजुलाई केसीलाई सरुवा गर्न दबाब दिएको दाबी गृह श्रोतको छ । डा. केसी गत पुस अन्तिममा मात्र अपराध कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेका थिए ।
‘जसरी हुन्छ मनोज केसीको सरुवा हुनुपर्छ भन्ने दबाब छ’, श्रोतले भन्यो । खाणलाई अपराध कार्यालयको टोलीले २७ वैशाखमा सहयोगी नरेन्द्र केसीसँगै निवासबाट पक्राउ गरेको थियो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका अभियुक्तहरूले खाणपत्नी काँग्रेस सांसद मञ्जु खाँणलाई ६ करोड रुपैयाँ बुझाएको अडियो सार्वजनिक भएको थियो ।