
काठमाण्डु, ३० साउन– काठमाण्डु महानगरपालिकाका पूर्वमेयर केशव स्थापितले एमाले परित्याग गरेका छन् ।
स्थापितले केही दिनअघि एमाले छाडेको जानकारी पार्टी नेतृत्वलाई गराएका थिए । सोमबार बसेको एमाले सचिवालय बैठकले उनलाई पार्टी जिम्मेवारीबाट मुक्त गरेको एमालेले जनाएको छ ।
स्थापित एमाले केन्द्रीय सदस्य थिए । स्थापित गत वर्ष सम्पन्न स्थानीय तह निर्वाचनमा काठमाण्डु महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका थिए । त्यसअघि उनी ०५४ मा महानगरको मेयर र ०७४ मा बागमती प्रदेशसभा सदस्य थिए ।
केही समय उनी बागमतीको भौतिक पूर्वाधार मन्त्रीसमेत भएका थिए । तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलसँगको विवादका कारण अध्यक्ष केपी ओलीले उनलाई मन्त्रीबाट हट्न निर्देशन दिएछि राजीनामा गरेका थिए ।