मेलम्चीको मुहान जाने सडक बाढीले बगायो

काठमाण्डु टुडे २०८० साउन ३० गते १०:४९ मा प्रकाशित

सिन्धुपाल्चोक, ३० साउन– अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको मुहान जाने सडक बाढीले बगाएको छ ।

हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले मेलम्ची खोलामा आएको बाढीले आयोजनाको मुहान जाने सडक अवरुद्ध भएको बताए । शेर्पाले ढुङ्गेबजारबाट आयोजनाको मुहान पुग्ने सडक सञ्जाल टुटेको जानकारी दिए ।

उनले सर्वसाधारणका घर तथा जमिनसमेत उच्च जोमिमा रहेको बताए । शेर्पाले सडक अवरुद्ध भएकाले काठमाण्डुको साँखुबाट भोटेचौर, हैबुङ, पाटीभञ्ज्याङ हुँदै हेलम्बुको ग्याल्थुम पुग्ने बैकल्पिक सडक सञ्चालनको हपल भएको उल्लेख गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us