
मुगु, ३० साउन–मुगुसोरु गाउँपालिकामा भएको जिप दुर्घटनामा ज्यान गुमाएकै सबैको सनाखत भएको छ ।
मृतक सबै हुम्लाका भएको हुम्ला प्रहरीका डिएसपी महेश बस्नेतले जानकारी दिए ।
मृत्यु हुनेमा हुम्ला सर्केगाड गाउँपालिका–२ रिपका राम परियार, सिमकोट गाउँपालिका–२ का प्रकाश बोहरा, ठेगाना नखुलेका राम परियार र पिउस परियार रहेको बस्नेतले बताए ।
दुई जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा तारातापनी आधारभूत स्वास्थ्यचौकीमा मृत्यु भएको हो । दुर्घटनामा परेको जिपमा चालकसहित ९ जना सवार थिए । प्रहरीले दुर्घटनाको कारबारे अनुसन्धान गरिरहेको छ ।