श्रीमान–श्रीमती मिलेर छिमेकीको सुन चोरी

काठमाण्डु टुडे २०८० साउन ३० गते १०:५६ मा प्रकाशित

बैतडी, ३० साउन– बैतडीमा छिमेकीको सुनका गहना चोरी गरेको आरोपमा श्रीमान–श्रीमती पक्राउ परेका छन् ।

डिलाशैनी गाउँपालिका–५ लेठ्ठेकोटका २३ वर्षीय गोपाल नाथ योगी र उनकी श्रीमती २० वर्षीया लक्ष्मी सुन चोरेको आरोपमा पक्राउ परेका हुन् ।

बैतडी प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक लोकराज जोशीले नाथ दम्पतीले स्थानीय जयानन्द नाथको घरबाट ५ तोला सुनचोरी गरेको बताए ।

घरबाटै सुन हराएको भन्दै जयानन्नले गोपाल र उनकी श्रीमतीविरुद्ध किटानी जाहेरी दिएको जोशीले जानकारी दिए ।

पक्राउ परेका दम्पतीमाथि चोरी मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us