मणि थापासँग स्पष्टीकरण सोध्ने एमाले निर्णय

काठमाण्डु टुडे २०८० साउन ३० गते १२:५१ मा प्रकाशित

काठमाण्डु, ३० साउन– एमालेले स्थायी समिति सदस्य मणिचन्द्र थापासँग स्पष्टीकरण सोध्ने भएको छ ।

नेतृत्वको शैलीबाट असन्तुष्ट थापा पछिल्लो समय पार्टी काममा सक्रिय छैनन् । सोमबार बसेको उमाले सचिवालयले बैठकले थापालाई प्रष्टीकरण सोध्ने निर्णय भएको एक नेताले जानकारी दिए । थापा एमालेको गत फागुनमा सम्पन्न ‘मिसन ग्रास रुट’ अभियानमा सहभागी भएका थिइनन् ।

त्यसयता उनी पार्टी नेताको सम्पर्कमा छैनन् । माओवादी पृष्ठभूमिका नेता थापा नेकपा विभाजनपछि एमालेमा बसेका थिए । पछिल्लो समय उनी माओवादी नेताहरुसँग नियमित सम्पर्कमा छन् ।

थापाले यो बीचमा प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्दै आएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us