
गुल्मी, ३० साउन– अरिङ्गालले टोकेर गुल्मीमा एक जनाको मृत्यु भएको छ ।
गुल्मी प्रहरीका डिएसपी डिल्लीनारायण पाण्डेका अनुुसार मुसिकोट नगरपालिका–४ का २१ वर्षीय शैलेससिंह ठकुरीको अरिङ्गालको टोकाइबाट मृत्यु भएको हो ।
ठकुरी सोमबार साँझ साथीहरुका साथ स्थानीय देवीस्थान सामुदायिक वनमा अरिङ्गालको गोलो पोल्न गएका थिए ।
त्यही क्रममा उनलाई अरिङ्गालले टोकेको पाण्डेले बताए । सोमबार रातभर घरमै बसेको र मंगलबार मात्र गुल्मी अस्पताल लगिएका कारण उनको मृत्यु भएको बताइको छ ।