
एजेन्सी– रुसमा पेट्रोल पम्प विष्फोटपछि भएको आगलागीमा १२ जनाको मृत्यु भएको छ ।
रुसको दक्षिणी क्षेत्रस्थित डागेस्तानको एक पेट्रोल पम्पमा विष्फोट भएको त्यहाँको प्रहरीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । मृत्यु हुनेमा केही बालबालिका पनि छन् ।
अरु कयौं मानिस घाइेत भएको बताइएको छ । प्रत्यक्षदर्शीहरुका अनुसार पम्प नजिकै रोकिएको कारमा विस्फोटपछि आगलागी भएको हो ।
अग्नि नियन्त्रकहरुले तीन घण्टाको प्रयासमा आगो नियन्त्रणमा लिएका थिए ।