आजदेखि पानी पर्न रोकिने

काठमाण्डु टुडे २०८० साउन ३० गते ८:२५ मा प्रकाशित

काठमाण्डु, ३० साउन– मुलुकभरको मौसममा आजदेखि सुधार देखिएको छ । काठमाण्डु उपत्यकासहित अधिकांश भूभागमा बिहानै घाम लागेको छ ।

शुक्रबार सुरु वर्षात सोमबार दिनभरसम्म जारी थियो । जल तथा मौसम विज्ञान भिावगअन्तर्गतको मौसम पुर्वानुमान महाशाखाका अनुसार आजदेखि भने लगातार वर्षात हुनेछैन ।

नेपाली आकाशमा पानी पर्ने प्रणाली कमजोर भएकाले क्रमशः मौसममा सुधार आउने महाशाखाले जनाएको छ । मनसुन नसकिएका कारण छिटपुट स्थानमा भने मध्यमदेखि हल्का वर्षा हुन सक्ने मौसमविदले जनाएका छन् ।

नेपाली आकाशमा रहेको मनसुनको न्यूनचापीय रेखा र भारत बिहारको उत्तरपश्चिममा रहेको न्यूनचापीय प्रणाली कमजोर बन्दै गएकाले वर्षात रोकिएको हो । वार्षत कम भएसँगै नदी तथा खोलानालामा पानीको बहाब घटेको छ ।

लगातारको वर्षाका कारण मुलुकका धेरै क्षेत्रमा बाढी, पहिरो जानुका साथै डुबान भएको थियो । वैशाखयता बाढी पहिरोका कारण ३९ जनाको मृत्यु भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us