रामवरण यादव अस्पताल भर्ना

२०८० भदौ २४ गते २०:५४

काठमाण्डु, २४ भदौ- पूर्वराष्ट्रपति रामवरण यादव स्वास्थ्य उपचारका लागि वीर अस्पताल भर्ना भएका छन् । उच्च रक्तचाप, मधुमेह र ढाड दुख्ने समस्याका कारण पूर्वराष्ट्रपति यादव  वीर अस्पतालको भिआईपी कक्षमा भर्ना भएका हुन् ।  यसैबीच स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले पूर्वराष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।...

जब केपी ओलीले यती होल्डिङ्सका पक्षमा खुला अभिव्यक्ति दिए…

२०८० भदौ २४ गते १७:१८

काठमाण्डु, २४ भदौ– एमाले अध्यक्ष केपी ओलीले व्यवसायिक समूह यती होल्डिङस् कम्पनीको पक्षमा खुला अभिव्यक्ति दिएका छन् । एमाले सहकारी तथा गरिबी निवारण विभागले आइतबार राजधानीमा गरेको कार्यक्रममा उनले यती होल्डिङ्सलाई सरकारले अनावश्यक दुःख दिएको आरोप लगाए । उनले सोलुखुम्बुको शेर्पाको छोराले भारी बोकेर...

६७ वर्षका वृद्धले १६ वर्षीया बालिका बलात्कार गरेपछि…

२०८० भदौ २४ गते १७:०५

काठमाण्डु, २४ भदौ– धनकुटाको पाख्रिबास नगरपालिका–८ का ६७ वर्षीय रंगलाल तामाङ बलात्कार आरोपमा पक्राउ परेका छन् । १६ वर्षीया बालिकाले आफू बलात्कृत भएको भन्दै तामाङविरद्ध मुद्दा दायर गरेकी हुन् । प्रहरीमा दिएको उजुरीमा बालिकाले गत आइतबार दिउँसो डर त्रास देखाई कोठामा लगेर जबरजस्ती करणी...

मिनबहादुर गुरुङलाई २ करोड ४६ लाख धरौटीमा छाड्न आदेश

२०८० भदौ २४ गते १७:००

काठमाण्डु, २४ भदौ–काठमाण्डु जिल्ला अदालतले ललिता निवास प्रकरणमा पक्राउ परेका भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङलाई धरौटीमा छाड्न आदेश दिएको छ । न्यायाधीश भोलानाथ ढकालको इजलाशले आइतबार गुरुङलाई दुई करोड ४६ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो । आइतबार थुनछेक बहस सकिएपछि अदालतले...

चीनले जारी गरेको नक्साबारे गम्भीर छु, त्यसबारे भ्रमणमा कुरा उठाउँछुः प्रधानमन्त्री

२०८० भदौ २४ गते १२:२२

काठमाण्डु, २४ भदौ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनले नेपालको नयाँ नक्सालाई मान्यता नदिनुलाई आफूले गम्भीर रुपमा लिएको बताएका छन् । अमेरिका र चीन भ्रमणबारे छलफल गर्न आफैंले आइतबार सिंहदरबारमा बोलाएको सर्वदलीय बैठकमा उनले आसन्न चीन भ्रमणका क्रममा हुने चिनियाँ उच्च अधिकारीसँगको भेटमा उक्त विषयलाई...

प्रहरीमाथि आक्रमण गरी हतियार लुट्ने ७ जना पक्राउ

२०८० भदौ २४ गते १२:१२

सुनसरी, २४ भदौ– सुनसरीमा प्रहरीमाथि आक्रमण गरी हतियार लुट्न ७ जना पक्राउ परेका छन् । मोरङ प्रहरी प्रवक्ता डिएसपी रञ्जन दाहालले लुटिएको हतियारसहित उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए । शुक्रबार राति डकैती भइरहेको सूचनाका आधारमा खटिएका दुई प्रहरीमाथि सुनसरीको बर्जु गाउँपालिका–१ शुक्रबारेमा आक्रमण गरी...

चिनियाँ राजदूतको अभिव्यक्ति कुटनीतिक मर्यादाविपरीतः कोइराला

२०८० भदौ २४ गते १२:०३

काठमाण्डु, २४ भदौ– कांग्रेस नेता डा शशांक कोइरालाले नेपालका लागि चिनियाँ राजदूत छन सोङले दिएको अभिव्यक्ति कूटनीतिक मर्यादाविपरीत भएको टिप्पणी गरेका छन् । प्रेस युनियनले रामेछापमा आइतबारे गरेको पत्रकार भेटभाटमा कोइरालाले चिनियाँ राजदूतको अभिव्यक्तिलाई सरकारले ‘नोटिस’ मा राख्नुपर्ने उल्लेख गरे । भारत र चीन...

कोशी प्रदेश सरकारले ल्यायो दुई अध्यादेश

२०८० भदौ २४ गते ११:२३

विराटनगर, २४ भदौ– कोशी प्रदेश सरकारले बजेट अध्यादेश ल्याएको छ । प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा २०२ (१) अनुसार आइतबार बजेट र विनियोजन अध्यादेश जारी गरेका हुन् । एमाले नेता हिक्मत कार्की पुनः मुख्यमन्त्रीमा नियुक्त भएलगत्तै प्रदेश मन्त्रिपरिषदले अध्यादेश ल्याउने निर्णय गरेको थियो...

केपी ओली र माधव नेपाललाई सँगै राखेर प्रचण्डले गरे सर्वदलीय बैठक

२०८० भदौ २४ गते १०:४८

काठमाण्डु, २४ भदौ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आसन्न चीन भ्रमणबारे छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालमया भएको छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, एकीकृत समाजवादी अध्यक्ष माधव नेपाल, जनमत पार्टीका अध्यक्ष सिके राउत लगायत नेता सहभागी थिए...

आज हेटौंडामा समाजवादी मोर्चाको सभा

२०८० भदौ २४ गते ७:१४

काठमाण्डु, २४ भदौ– समाजवादी मोर्चाले आज बागमती मकवानपुरको हेटौंडामा सन्देशसभा गर्दैछ । मोर्चाले बागमती प्रदेशस्तरीय सन्देश सभा आयोजना गरेको हो । सभालाई मोर्चामा आबद्ध दलका नेताहरु माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र...

बागमतीका सभामुखले बोलाए सर्वदलीय बैठक

२०८० भदौ २४ गते ७:०८

काठमाण्डु, २४ भदौ– बागमती प्रदेशसभाका सभामुख भुवन पाठकले जारी संसद अवरोध खुलाउन सर्वदलीय बैठक बोलाएका छन् । एमालेसहित प्रतिपक्षी दलले सदनको कारबाही चल्न नदिने चेतावनी दिएपछि प्रदेशसभा पटकपटक स्थगित हुँदै आएको छ । पाठकले बैठक सञ्चालनको प्रयासका लागि बिहान १० बजेपछि सर्वदलीय बैठक बोलाएको...

मोरक्को भूकम्पमा मृत्यु हुनेको संख्या २ हजार नाघ्यो

२०८० भदौ २४ गते ७:०२

एजेन्सी–मोरक्कोमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या दुई हजार नाघेको छ । राहत र उद्धार जारी रहेकाले मुतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । मोरक्कोमा ६.८ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पपछि त्यहाँको सरकारले तीन दिन राष्ट्रिय शोक घोषणा गरेको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us