बागमतीका सभामुखले बोलाए सर्वदलीय बैठक

काठमाण्डु टुडे २०८० भदौ २४ गते ७:०८ मा प्रकाशित

काठमाण्डु, २४ भदौ– बागमती प्रदेशसभाका सभामुख भुवन पाठकले जारी संसद अवरोध खुलाउन सर्वदलीय बैठक बोलाएका छन् ।

एमालेसहित प्रतिपक्षी दलले सदनको कारबाही चल्न नदिने चेतावनी दिएपछि प्रदेशसभा पटकपटक स्थगित हुँदै आएको छ ।

पाठकले बैठक सञ्चालनको प्रयासका लागि बिहान १० बजेपछि सर्वदलीय बैठक बोलाएको प्रदेशसभा सचिवालयले जानएको छ ।

लामो समय बैठक सञ्चालन हुन नसके जनतामा गलत सन्देश जाने भएकाले सदन सञ्चालनका लागी सर्वदलीय बैठक बोलाएको पकठकले बताए ।

बागमतीमा गत असार २२ गतेपछि प्रदेशसभा बैठक बस्न सकेको छैन । त्यस अवधिमा तीन पटक प्रदेशसभा बैठक स्थगित भइसकेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us