एजेन्सी–मोरक्कोमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या दुई हजार नाघेको छ ।
राहत र उद्धार जारी रहेकाले मुतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । मोरक्कोमा ६.८ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पपछि त्यहाँको सरकारले तीन दिन राष्ट्रिय शोक घोषणा गरेको छ ।
सरकारले भूकम्प पीडितहरुलाई आवास, खाना र अन्य सहयोगका लागि अन्तर्राष्ट्रिय समुदायलाई अपिल गरेको छ । भूकम्पपछि घर छाडेर हिंडेकाहरु अझै खुला आकाशमुनि नै छन् ।
भूकम्पमा सयौं घाइते भएका छन् । त्यसमध्ये १ हजार सयभन्दा बढी सर्वसाधारणको अवस्था गम्भीर छ ।