चिनियाँ राजदूतको अभिव्यक्ति कुटनीतिक मर्यादाविपरीतः कोइराला

काठमाण्डु टुडे २०८० भदौ २४ गते १२:०३ मा प्रकाशित

काठमाण्डु, २४ भदौ– कांग्रेस नेता डा शशांक कोइरालाले नेपालका लागि चिनियाँ राजदूत छन सोङले दिएको अभिव्यक्ति कूटनीतिक मर्यादाविपरीत भएको टिप्पणी गरेका छन् ।

प्रेस युनियनले रामेछापमा आइतबारे गरेको पत्रकार भेटभाटमा कोइरालाले

चिनियाँ राजदूतको अभिव्यक्तिलाई सरकारले ‘नोटिस’ मा राख्नुपर्ने उल्लेख गरे । भारत र चीन दुवै नेपालका असल छिमेकी रहेको भन्दै उनले काठमाण्डुमा रहेका प्रतिनिधिले एकअर्काबारे टिप्पणी गर्नु कूटनीतिक मर्यादाबाहिर हुने स्पष्ट गरे ।

फरक प्रसंगमा उनले काँग्रेसमा विद्यमान गुटबन्दप् अन्त्य हुनुपर्ने बताए । गुटबन्दी अन्त्यको सूत्र आफूसँग रहेको दाबीसमेत कोइरालाले गरे ।

गुटबन्दी र विभाजनभन्दा माथि उठ्न नसके कांग्रेस थप समस्यामा फस्न सक्ने उनले बताए । उनले आफू पार्टीका समस्या समाधानका लागि देश दौडाहामा निस्कन लागेको जानकारी दिए ।

कोशी प्रदेशमा दलहरुबीचको असमझदारी मिलेर समाधान गर्नेपर्ने पनि उनले जनाए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us