
काठमाण्डु, २४ भदौ– धनकुटाको पाख्रिबास नगरपालिका–८ का ६७ वर्षीय रंगलाल तामाङ बलात्कार आरोपमा पक्राउ परेका छन् ।
१६ वर्षीया बालिकाले आफू बलात्कृत भएको भन्दै तामाङविरद्ध मुद्दा दायर गरेकी हुन् ।
प्रहरीमा दिएको उजुरीमा बालिकाले गत आइतबार दिउँसो डर त्रास देखाई कोठामा लगेर जबरजस्ती करणी गरेको उल्लेख छ ।
बालिकाको उजुरीका आधारमा उनलाई शनिबार दिउँसो पक्राउ गरिएको धनकुटा प्रहरीले जनाएको छ ।