मिनबहादुर गुरुङलाई २ करोड ४६ लाख धरौटीमा छाड्न आदेश

काठमाण्डु टुडे २०८० भदौ २४ गते १७:०० मा प्रकाशित

काठमाण्डु, २४ भदौ–काठमाण्डु जिल्ला अदालतले ललिता निवास प्रकरणमा पक्राउ परेका भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङलाई धरौटीमा छाड्न आदेश दिएको छ ।

न्यायाधीश भोलानाथ ढकालको इजलाशले आइतबार गुरुङलाई दुई करोड ४६ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

आइतबार थुनछेक बहस सकिएपछि अदालतले गुरुङसहित १७ जनालाई धरौटीमा छाड्न आदेश दिएको हो । जिल्ला सरकारी वकिल कार्यालयले गत १० भदौमा उक्त प्रकरणमा मुद्धा दायर गरेको थियो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआर्इबी) ले २ सय ८९ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गेको छ । मृत्यु भइसकेका २१ प्रतिवादीको भने नाम उल्लेख गरिएको छैन ।

अदालतमा प्रतिवादीका तर्फबाट ५० जना कानुन व्यवसायी र सरकारका तर्फबाट ८ सरकारी वकिलले बहस गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us