
सुनसरी, २४ भदौ– सुनसरीमा प्रहरीमाथि आक्रमण गरी हतियार लुट्न ७ जना पक्राउ परेका छन् ।
मोरङ प्रहरी प्रवक्ता डिएसपी रञ्जन दाहालले लुटिएको हतियारसहित उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए ।
शुक्रबार राति डकैती भइरहेको सूचनाका आधारमा खटिएका दुई प्रहरीमाथि सुनसरीको बर्जु गाउँपालिका–१ शुक्रबारेमा आक्रमण गरी हतियार लेटिएको थियो ।
डिएसपी दाहालले प्रहरीबाट आक्रमणकारीले लुटेका ठूलो चाइनिज पेस्तोल, सोको म्यागजिन र सात राउण्ड गोली तथा लुटपाटमा प्रयोग भएको एउटा पेस्तोल बरामद गरिएको जानकारी दिए ।
लुटेरा समूहको आक्रमणमा इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएका प्रहरी जवान बिमन परियार र प्रेम चौधरी घाइते भएका थिए ।