आज हेटौंडामा समाजवादी मोर्चाको सभा

काठमाण्डु टुडे २०८० भदौ २४ गते ७:१४ मा प्रकाशित

काठमाण्डु, २४ भदौ– समाजवादी मोर्चाले आज बागमती मकवानपुरको हेटौंडामा सन्देशसभा गर्दैछ ।

मोर्चाले बागमती प्रदेशस्तरीय सन्देश सभा आयोजना गरेको हो । सभालाई मोर्चामा आबद्ध दलका नेताहरु माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र नेकपा महासचिव नेत्रविक्रम चन्दले सम्बोधन गर्ने छन् ।

यस्तै समाजवादी मोर्चाको बागमती प्रदेश समितिको समेत घोषणा गरिने नेताहरुले बताएका छन् । मोर्चाले यसअघि वीरगञ्जमा, बुटवलमा, सुर्खेतमा र पोखरामा सन्देशसभा गरिसकेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us