रामवरण यादव अस्पताल भर्ना

काठमाण्डु टुडे २०८० भदौ २४ गते २०:५४ मा प्रकाशित

काठमाण्डु, २४ भदौ- पूर्वराष्ट्रपति रामवरण यादव स्वास्थ्य उपचारका लागि वीर अस्पताल भर्ना भएका छन् । उच्च रक्तचाप, मधुमेह र ढाड दुख्ने समस्याका कारण पूर्वराष्ट्रपति यादव  वीर अस्पतालको भिआईपी कक्षमा भर्ना भएका हुन् ।  यसैबीच स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले पूर्वराष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।   यादवलाई उपचारका लागि थप केही दिन अस्पतालमा राखिने अस्पतालले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us