बाँकेमा बस दुर्घटना, ७ जनाको मृत्यु

२०८० भदौ २३ गते ७:५५

नेपालगञ्ज, २३ भदौ– बाँकेमा बस दुर्घटना हुँदा चालकसहित ७ जनाको मृत्यु भएको छ । दाङबाट बर्दिया जाँदै गरेको ना७ख २३२१ नम्बरको बस शुक्रबार राति राप्तीसोनारी गाउँपालिका–८ शमशेरगञ्जमा ट्रकमा ठोक्किँदा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ । गुडिरहेको बस सडकमा रोकिराखेको ना८ख ६४०५ नम्बरको ट्रकसँग...

बाघको आक्रमणमा महिलाको मृत्यु

२०८० भदौ २२ गते २०:११

बर्दिया, २२ भदौ– बाघको आक्रमणबाट बर्दियामा एक महिलाको मृत्यु भको छ । मधुवन नगरपालिका–३ भग्रैया नजिकै पाटे बाघको आक्रमणमा स्थानीय ५५ वर्षीया कली वंशी मगरको ज्यान गएको हो । नेपाल–भारत सीमा तथा खाता संरक्षण क्षेत्र नजिक शुक्रबार दिउँसो घाँस काट्ने क्रममा बाघको आक्रमणमा परी...

कोशीमा काँग्रेस–एमालेसहित सहमतीय सरकार बन्छः मुख्यमन्त्री कार्की

२०८० भदौ २२ गते २०:०५

काठमाण्डु, २२ भदौ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सहमतिको सरकार बनाउने प्रयास गरिने बताएका छन् । सर्वोच्च अदालतको परमादेशमा शुक्रबार मुख्यमन्त्री नियुक्त भएर पद तथा गोपनियताको सपथ लिएपछि सञ्चारकर्मीसँग कार्कीले आफ्नै नेतृत्वको सरकारलाई सहमतीय सरकारमा रुपान्तरण गर्ने प्रयास हुने बताए । काँग्रेस–एमालेसहितका दल मिलेर...

चर्को विरोधपछि चिनियाँ राजदूतले प्रचण्डलाई भेटे

२०८० भदौ २२ गते १९:५२

काठमाण्डु, २२ भदौ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबीच शmुबार साँझ भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा चिनियाँ राजदूतले केही दिनअघि दिएको अभिव्यक्तिबारे प्रधानमन्त्रीले चासो राखेको श्रोतले जनाएको छ । राजदूत सोङले गत साता राजधानीमा आयोजित...

मुस्ताङको स्याउ असोज १ गतेसम्म टिप्न रोक

२०८० भदौ २२ गते १९:४२

मुस्ताङ, २२ भदौ– गुणस्तर र स्वाद कायम राख्न हिमालपारिको जिल्ला मुस्ताङमा असोज १ गतेयता स्याउ टिप्न र बिक्री गर्न नपाइने भएको छ । चाँडै टिपेर बजारमा पठाउँदा स्याउको गुणस्तर र स्वाद नहुने भएकाले भदौसम्म स्याउ नटिपी असोज लागेपछि मात्रै स्याउ टिपेर बजारमा पठाइने मुस्ताङका...

कोशीमा काँग्रेस–एमाले मिलेर सरकार बनाउने !

२०८० भदौ २२ गते १९:३८

विराटनगर, २२ भदौ– कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री काँग्रेस नेता उद्धव थापाले एमाले र काँग्रेसको सरकार बन्ने सम्भावना रहेको बताएका छन् । अदालतको परमादेशमा मुख्यमन्त्रीमा नियुक्त भएका एमाले नेता हिक्मत कार्कीको सपथग्रहण समारोहमा सहभागी थापाले दुई प्रमुख दलले आधाआधा कार्यकाल बाँडेर सरकारको नेतृत्व गर्न सकिने...

कोशीमा एमाले सरकारलाई राप्रपाको समर्थन

२०८० भदौ २२ गते १९:३०

विराटनगर, २२ भदौ– राप्रपाले एमाले नेता हिक्मत कार्की नेतृत्वको कोशी प्रदेश सरकारलाई समर्थन गरेको छ । सर्वोच्च अदालतको परमादेशमा कार्कीलाई शुक्रबार संविधानको धारा ७६ (३) अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । राप्रपा संसदीय दलका नेता भक्ति सिटौलाले कार्की नेतृत्वको सरकारलाई आफूहरुको समर्थन रहेको बताए...

तीन मन्त्री र एक राज्यमन्त्री नियुक्त

२०८० भदौ २२ गते १९:२२

विराटनगर, २२ भदौ– कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले सानो आकारको मन्त्रिपरिषद् विस्तार गरेका छन् । सर्वोच्च अदालतको परमादेशका आधारमा संविधानको धारा ७६ (३) अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीेले आफ्नै दल एमालेबाट तीन मन्त्री र एक राज्यमन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।...

एमाले नेता कार्की अदालतको परमादेशले मुख्यमन्त्री नियुक्त

२०८० भदौ २२ गते १९:१२

काठमाण्डु, २२ भदौ– एमाले नेता हिक्मतकुमार कार्की कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । सर्वोच्च अदालतको परमादेशमा कार्की शुक्रबार दोश्रोपटक मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । सर्वोच्चको संवैधानिक इजलासले बिहीबार काँग्रेस नेता उद्धव थापाले बैठकको अध्यक्षता गरेका सदस्यको समेत समर्थनमा विश्वासको मत लिनु असंवैधानिक भएको...

शेरबहादुरलाई होइन, जनतालाई ढोगेर राजनीति गर्नुपर्छः गगन

२०८० भदौ २२ गते १९:०४

काठमाण्डु, २२ भदौ– कांग्रेस महामन्त्री गगनकुमार थापाले अर्को निर्वाचनबाट दार्र्इले टिकट दिने प्रथा अन्त्य गर्ने बताएका छन् । सिन्धुपाल्चोकको बाह्रबिसेमा शुक्रबार आयोजित जित कार्यक्रममा थापाले पार्टी विधानले उम्मेदवार छान्ने अधिकार सभापति वा अरु नेतालाई नदिएको जिकिर गरे । उनले नाम नदिए पनि सभापति देउवातर्फ...

सरकारद्वारा तीन सचिवको सरुवा

२०८० भदौ २२ गते १८:५०

काठमाण्डु, २२ भदौ– सरकारले तीन सचिवको सरुवा गरेको छ । मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव उदयराज सापकोटलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सरूवा गरेको छ । नेपाल कानुन आयोगका सचिव लिलादेवी गड्तौला निरौला प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र सत्य निरूपण तथा...

कर्मचारीलाई नतिजामुखी काममा लाग्न मन्त्री देवीको निर्देशन

२०८० भदौ २२ गते १५:४२

काठमाण्डु, २२ भदौ– संघीय, मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीले निजामती कर्मचारीलाई नतिजामुखी काममा लाग्न निर्देशन दिएकी छन् । २०औं निजामती सेवा दिवसका अवसरमा मूल समारोह समितिद्वारा शुक्रबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले विकास, समृद्धि, सुशासनसहित व्यावसायिक र सिर्जनशीलतातर्फ निजामती कर्मचारी लाग्नुपर्नेमा जोड...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us