चर्को विरोधपछि चिनियाँ राजदूतले प्रचण्डलाई भेटे

काठमाण्डु टुडे २०८० भदौ २२ गते १९:५२ मा प्रकाशित

काठमाण्डु, २२ भदौ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबीच शmुबार साँझ भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा चिनियाँ राजदूतले केही दिनअघि दिएको अभिव्यक्तिबारे प्रधानमन्त्रीले चासो राखेको श्रोतले जनाएको छ ।

राजदूत सोङले गत साता राजधानीमा आयोजित एक कार्यक्रममा नेपाल–भारत सम्बन्धबारे दिएको अभिव्यक्ति विवादमा परेको छ । प्रधानमन्त्री र राजदूत सङबीच प्रधानमन्त्रीको आसन्न चीन भ्रमणबारे समेत कुराकानी भएको थियो ।

यस्तै नेपालको संसदले जारी गरेको नयाँ नक्सा नसमेटी चीनले नक्सा जारी गरेको विषयमा समेत कुराकानी भएको बताइएको छ । नेपाल–भारत सम्बन्धबारे अभिव्यक्ति दिएपछि राजदूत सङको आलोचना भएको छ ।

प्रतिनिधिसभा बैठकमा समेत सांसदरुले गैरकुटनीतिक अभिव्यक्ति दिएकामा राजदूत सङसँग सरकारले स्पष्टीकरण लिनुपर्ने बताएका थिए । बैठकमा जनमत पार्टीका सांसद अब्दुल खानले गैरकुटनीतिक अभिव्यक्ति दिएको भन्दै सङलाई फिर्ता पठाउनुपर्ने माग गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us