
विराटनगर, २२ भदौ– राप्रपाले एमाले नेता हिक्मत कार्की नेतृत्वको कोशी प्रदेश सरकारलाई समर्थन गरेको छ ।
सर्वोच्च अदालतको परमादेशमा कार्कीलाई शुक्रबार संविधानको धारा ७६ (३) अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । राप्रपा संसदीय दलका नेता भक्ति सिटौलाले कार्की नेतृत्वको सरकारलाई आफूहरुको समर्थन रहेको बताए ।
विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा नवनियुक्त मुख्यमन्त्रीको सपथग्रहण समारोहमा सहभागी भएका सिटौलाले सञ्चारकर्मीसँग कुरा गर्दै आफ्नो दलले सरकारमा मन्त्री भने नपठाउने उल्लेख गरे ।
सत्तारुढ गठबन्धनले संविधानमाथि गरेको बलमिच्याईं अदालतले सच्याइदिएको टिप्पणी गरे । १५ असारमा विश्वासको मत नपाएर सरकार ढल्नुअघि राप्रपा मुख्यमन्त्री कार्कीकै नेतृत्वमा सरकारमा थियो ।