सरकारद्वारा तीन सचिवको सरुवा

काठमाण्डु टुडे २०८० भदौ २२ गते १८:५० मा प्रकाशित

काठमाण्डु, २२ भदौ– सरकारले तीन सचिवको सरुवा गरेको छ ।

मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव उदयराज सापकोटलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सरूवा गरेको छ ।

नेपाल कानुन आयोगका सचिव लिलादेवी गड्तौला निरौला प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र सत्य निरूपण तथा मेलमिलाप आयोगका सचिव तोयानाथ अधिकारी नेपाल कानुन आयोगमा सरूवा भएका छन् ।

यस्तै न्याय सेवा आयोगका सहसचिव फडिन्द्र गौतमलाई बढुवा गरी सत्य निरूपण तथा मेलमिलाप आयोगको सचिवमा पदस्थापन गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us