भूकम्पीय सुरक्षाका लागि शिक्षामा व्यापक परिवर्तन गर्नुपर्ने प्रस्ताव

२०८० भदौ २५ गते १५:२६

काठमाण्डु, २५ भदौ– एक अध्ययन प्रतिवेदनअनुसार भूकम्पीय सुरक्षाका लागि मौजुदा शिक्षामा व्यापक परिवर्तन गर्नुपर्ने देखिएको छ । नेपाल भौगोलिक रुपमा उच्च भूकम्पीय जोखिममा पर्नुका साथै अन्य प्राकृतिक प्रकोपको तुलनामा धेरै ज्यान लिने र धेरै क्षति पुर्याउने प्राकृतिक प्रकोप भएकोले यसको न्यूनीकरणका लागि शिक्षा नीतिमा...

सिन्धुपाल्चोकको जुरेमा फेरि पहिरो खस्यो

२०८० भदौ २५ गते १५:१८

सिन्धुपाल्चोक, २५ भदौ– सिन्धुपाल्चोकको जुरेमा फेरि पहिरो गएको छ । जुरेमा सोमबार बिहान सुख्खा पहिरो खसेको सिन्धुपाल्चोकका एसपी बालनरसिंह राणाले जानकारी दिए । राणाका अनुसार बलेफी गाउँपालिका र बाह्रबिसे नगरपालिकाको सीमा क्षेत्रमा पहिरो खसेको हो । राणाका अनुसार पहिरोबाट कुनै मानवीय र भौतिक क्षति...

नेपालगञ्ज विमानस्थलबाट भागेका कर अधिकृत प्रहरीको सम्पर्कमा आए

२०८० भदौ २५ गते १५:१०

काठमाण्डु, २५ भदौ– स्रोत नखुलेको २६ लाख रुपैयाँ बोकेर काठमाण्डु उड्न लाग्दा नेपालगञ्ज विमानस्थलबाट पक्राउ परेका कर अधिकृत खगेन्द्र सापकोटासँगै रहेका अर्का कर्मचारी पनि सम्पर्कमा आएका छन् । आन्तरिक राजश्व कार्यालय तुलसीपुरका कर अधिकृत सापकोटालाई विमानस्थल सुरक्षार्थ तैनाथ प्रहरी टोलीले सोमबार बिहान पक्राउ गरेको...

अमेरिका जाने प्रधानमन्त्रीको टिम इतिहासकै सानो

२०८० भदौ २५ गते १५:०१

काठमाण्डु, २५ भदौ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रसंघीय महासभामा भाग लिन अमेरिका जाने भ्रमण टोलीको संख्यामा व्यापक कटौती गरेका छन् । प्रधानमन्त्री राष्ट्रसंघको ७८ औं महासभामा सहभागी हुन ३० भदौमा न्यूयोर्क प्रस्थान गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीले आफू नेतृत्वको टोली पाँच सदस्यीय बनाउन मुख्यसचिव...

मुगुमा जोडियो राष्ट्रिय प्रसारण लाइन

२०८० भदौ २५ गते १३:०६

काठमाण्डू, २५ भदौ- कर्णाली प्रदेशको मुगु जिल्ला विद्युतको राष्ट्रिय प्रणालीमा (ग्रिड) जोडिएको छ। नेपाल विद्युत प्राधिकरणले कालिकोटबाट जुम्ला जाने ३३ केभी प्रसारण लाइनलाई नाग्मा भन्ने ठाउँमा ट्यापिङ गरी करिब ८५ किलोमिटर लाइन निर्माण गरी मुगुको सदरमुकाम गमगाडसम्म विद्युत पुर्‍याएको हो। प्राधिकरणले आइतबारबाट गमगाडलगायतका क्षेत्रमा...

सुन तस्करी प्रकरणको तरंगः विमानस्थल भन्सारका कर्मचारीले ठप्प पारे काम

२०८० भदौ २५ गते ११:५३

काठमाण्डु, २५ भदौ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा कर्मचारी भन्सार जाँचपासको काम ठप्प पारेर आन्दोलनमा उत्रिएका छन् । काम गर्ने वातावरण नभएको भन्दै उनीहरुले निकाशी पैठारीका सबै काम बन्द गरेका हुन् । सोमबार र मंगलबार त्रिभुवन भन्सार कार्यालयबाट हुने निकासी, पैठारीसम्बन्धी सम्पूर्ण कार्य पूर्ण...

सर्बिया पठाइदिने भन्दै ठगी गर्ने तीन पक्राउ

२०८० भदौ २५ गते ११:३८

काठमाण्डु, २५ भदौ– वैदेशिक रोजगारीका लागि सर्बिया पठाइदिने भन्दै रकम ठगी गर्ने तीन जना पक्राउ परेका छन् । पीडितको उजुरीका आधारमा उनीहरुलाई काठमाण्डु उपत्यका प्रहरी कार्यालयले पक्राउ गरेको हो । पक्राउ पर्नेमा धादिङ ज्वालामुखी गाउँपालिका–१ का ४० वर्षीय राजकुमार लामिछाने, कैलाली लम्किचुहा नगरपालिका–५ का...

२६ लाख अवैध रकमसहित कर अधिकृत पक्राउ

२०८० भदौ २५ गते १०:३७

काठमाण्डु, २५ भदौ–प्रहरीलेनेपालगन्ज विमानस्थलबाट २६ लाख नगदसहित एक  कर्मचारीलाई पक्राउगरेको छ । पक्राउ पर्नेमा आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङमा कार्यरत कर अधिकृत खगेन्द्र सापकोटा रहेको बॅाके प्रहरी प्रवक्ता डिएसपीनारायण डॅागीले जानकारी दिए । विमानस्थलमा सुरक्षा जाँचका क्रममा झोलामा स्रोत नखुलेको रकम भेटिएपछि  विमानस्थल सुरक्षार्थखटिएको...

मुस्ताङको कागखोलालाई पुरानै धारमा फर्काइयो

२०८० भदौ २५ गते ७:५१

मुस्ताङ, २५ भदौ– मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ को कागखोलालाई पुरानै धारमा फर्काइएको छ । गत साउन २८ गते कागखोलामा आएको बाढीले कागबेनीमा भौतिक संरचनामा ठूलो क्षति पुर्याएको थियो । बाढीले कटान गरेर बस्तीमा पसेको कागखोलालाई पुरानै धारमा फर्काएर बगाइएको वारागुङ मुक्ति क्षेत्र गाउँपालिकाका अध्यक्ष...

सेनाको निस्कर्षः स्वार्थ प्रेरित समूहले तथ्यरहित भ्रम श्रृजना गरिरहेको छ

२०८० भदौ २५ गते ७:३५

काठमाण्डु, २५ भदौ– प्रधानसेनापति प्रभुराम शर्माले स्वार्थप्रेरित समूहले तथ्यरहित भ्रम सिर्जना गरेर वातावरण खल्बल्उने कोसिस गरिरहेको भन्दै सजग रहन खपिल गरेका छन् । प्रधानसेनापतिको जिम्मेवारी सम्हालेको दुई वर्ष पुगेको अवसरमा नेपाली सेनाका सकल दर्जालाई सम्बोधन गर्दै शर्माले पूर्वाग्रही एवं बेमौसमी तर्कका आधारमा वातावरण खलबल्याउने...

विमानस्थलबाट चार जना पक्राउ

२०८० भदौ २५ गते ७:२६

काठमाण्डु, २५ भदौ– प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चार जनालाई पक्राउ गरेको छ । विमानस्थलको आगमन पार्किङबाट भन्सार छलेर लैजान लागेको दुई थान ब्रासलेट र एक थान बेरुवा औंठीसहित उनीहरुलाई पक्राउ गरिएको हो । सुनजस्तो देखिने उक्त पदार्थको तौल ८५ ग्राम छ । पक्राउ पर्नेमा...

रामवरण यादव अस्पताल भर्ना

२०८० भदौ २४ गते २०:५४

काठमाण्डु, २४ भदौ- पूर्वराष्ट्रपति रामवरण यादव स्वास्थ्य उपचारका लागि वीर अस्पताल भर्ना भएका छन् । उच्च रक्तचाप, मधुमेह र ढाड दुख्ने समस्याका कारण पूर्वराष्ट्रपति यादव  वीर अस्पतालको भिआईपी कक्षमा भर्ना भएका हुन् ।  यसैबीच स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले पूर्वराष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us