
काठमाण्डु, २५ भदौ– वैदेशिक रोजगारीका लागि सर्बिया पठाइदिने भन्दै रकम ठगी गर्ने तीन जना पक्राउ परेका छन् ।
पीडितको उजुरीका आधारमा उनीहरुलाई काठमाण्डु उपत्यका प्रहरी कार्यालयले पक्राउ गरेको हो । पक्राउ पर्नेमा धादिङ ज्वालामुखी गाउँपालिका–१ का ४० वर्षीय राजकुमार लामिछाने, कैलाली लम्किचुहा नगरपालिका–५ का २३ वर्षीय चित्रबहादुर मगर, स्याङ्जाको वालिङ नगरपालिका–१२ का ४९ वर्षीय वीरबहादुर गुरुङ छन् ।
काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीका अनुसार उनीहरुले सर्बिया र टर्की पठाइदिने भन्दै पीडितबाट १७ लाख रुपैयाँ लिएका थिए । उनीहरुविरुद्ध निशान खड्कालगायतले उजुरी दिएका थिए ।