
काठमाण्डु, २५ भदौ–प्रहरीलेनेपालगन्ज विमानस्थलबाट २६ लाख नगदसहित एक कर्मचारीलाई पक्राउगरेको छ ।
पक्राउ पर्नेमा आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङमा कार्यरत कर अधिकृत खगेन्द्र सापकोटा रहेको बॅाके प्रहरी प्रवक्ता डिएसपीनारायण डॅागीले जानकारी दिए । विमानस्थलमा सुरक्षा जाँचका क्रममा झोलामा स्रोत नखुलेको रकम भेटिएपछि विमानस्थल सुरक्षार्थखटिएको प्रहरी टोलीले सापकोटालाई आइतबार बिहान नियन्त्रणमा लिएको डॅागीले बताए । सापकोटा बिहान ८ :४५ बजेको श्रीएयरको उडानमार्फत काठमाण्डु आउँदै थिए । सापकोटासँगै रहेका अर्का कर अधिकृत भने फरार भएका छन् ।