समाचार

आज दशैंको तेस्रो दिन

२०७० असोज २१ गते ४:२३

काठमाण्डु, असोज २१ – नवरात्रीको तेस्रो दिन सोमबार चन्द्रघण्टाको पूजा गरी मनाइदै छ । देशभर रहेका देवीका मन्दिरमा पूजापाठ गर्नेहरुको भीडभाड छ । काठमाण्डुको दक्षिणकाली, भद्रकाली, मैतीदेवी, नक्शाल भगवती तथा गोरखाको मनकामना, हेटौडाको चुरियामाइ र भुटनदेवी लगायतका शक्तिपीठहरुमा विहानैदेखि भक्तजनहरुको भीड लागेको छ ।...

तुल्सीपुरमा ग्याङफाइट, दुईजना गम्भीर

२०७० असोज २१ गते ४:२१

तुल्सीपुर, २१ असोज– दाङको तुल्सीपुरमा दुई समहबीच सोमबार विहान झडप भएको छ । तुल्सीपुरको ओम शान्ति फिल्म हल नजिक भएको झडपमा दुईजना गम्भीर घाइते भएका छन् । स्थानीय हरिकृष्ण ओली र सुरज ओली गम्भीर घाइते भएका हुन् । उनीहरु दुबै स्थानीय एमाले कार्यकर्ता हुन्...

एक गाउँ, नौं मतदाता

२०७० असोज २१ गते १:५२

डोल्पा, २१ असोज – एउटा गाउँमा नौं जनामात्र मतदाता छन् भन्दा सबैलाई अनौठो लाग्न सक्छ तर डोल्पाको उपल्लो डोल्पामा पर्ने धो गाउँ विकास समिति वडा नम्बर ५ कलाङ बस्तीमा भने नौं जनामात्रै मतदाता छन् । कलाङ बस्तीबाट धोस्थित क्रिस्टल माउन्टेन बोर्डिङ स्कुलमा रहेको मतदान...

नदीमा बस खस्दा एकजनाको मृत्यु,१५ घाइते

२०७० असोज २१ गते १:३८

कपिलवस्तु, २१ असोज– पूर्वपश्चिम राजमार्ग अन्तरगत कपिलवस्तुको वाणगंगामा माइक्रो बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । अन्य १५ जना घाइते भएका छन् । मनकामना मन्दिर दर्शन गरेर दाङ फर्किने क्रममा बा २ ख १५९१ नम्बरको बस पुलबाट वाणगंगा नदीमा खस्दा तुल्सीपुर नगरपालिकाकी ३९...

आज विश्व बसोबास दिवस

२०७० असोज २१ गते १:३६

काठमाण्डु, २१ असोज–विश्व बसोबास दिवस सोमबार बिभिन्न कार्यक्रम गरी मनाईंदै छ । दिवसको अवसरमा सरकारी तथा गैरसरकारी संघसंस्थाले बिभिन्न कार्यक्रम आयोजना गरेका छन् । संयुक्त राष्ट्रसंघले यसबर्षको दिवसको नारा ‘सहरी आवागमन’ तय गरेको छ । संयुक्त राष्ट्रसंघले हरेक बर्षको अक्टुबर महिनाको पहिलो सोमबारलाई विश्व...

पाँच जनाको उम्मेदवारी रद्द

२०७० असोज २० गते १५:५२

काठमाण्डु– निर्वाचन आयोगले उमेर नपुगेको र पार्टीको आधिकारिक पत्र नभएको भन्दै आसन्न संविधानसभा निर्वाचनका लागि उम्मेदवारी दिएका पाँच जना उम्मेदवारको उम्मेदवारी रद्द गरेको छ ।  प्रत्यक्षतर्फ उम्मेदवारी दिएका ५ जनाको उम्मेदवारी रद्ध गरिएको हो । उम्मेदवारी रद्ध हुनेमध्ये २ जना उम्मेदवारको, एकजना प्रस्तावकको उमेर...

प्रधानसेनापतिको अभिव्यक्तिप्रति रक्षा गम्भीर

२०७० असोज २० गते १५:२४

काठमाण्डु, २० असोज– प्रधासेनापति गौरवशम्शेर राणाले भारतीय सञ्चार माध्यम ‘टाइम्स अफ इन्डिया’को अनलाइन संस्करणलाई अन्तर्वार्तामा दिएकामा रक्षा मन्त्रालय गम्भीर बनेको छ । प्रधानसेनापति राणाले कुटनीतिक मर्यादाविपरीत अन्तर्वार्तामा दिएको भन्दै रक्षामन्त्रालय गम्भीर बनेको हो । साताव्यापी भारत भ्रमणका क्रममा रहेका प्रधानसेनापति राणाले ‘टाइम्स अफ इन्डिया’को...

कालीकोटका बाढीपीडितले भने–हामी कुनै उम्मेदवारलाई मतदान गर्दैनौ

२०७० असोज २० गते १५:२२

कालीकोट, २० असोज–संविधानसभाको निर्वाचन नजिकिँदै गर्दा आफ्ना समस्या समाधानका लागि पहल नगरेको भन्दै कालीकोटस्थित शान्तिघाटका बाढी पीडितले आउने संविधानसभाको निर्वाचनमा कुनै पनि दलका उम्मेदवारलाई मतदान नगर्ने बताएका छन् । गएको असार २ गते आएको भयानक बाढीका कारण मेहलमुडिको लामाबगरमा १६ जनाको ज्यान लिने गरी...

नाम फिर्ता लिंदै माओवादीका बागी उम्मेदवार

२०७० असोज २० गते १५:२०

काठमाण्डु, २० असोज–पार्टीको आधिकारिक उम्मेदवारका ठाँउमा बागी उम्मेदवारी दर्ता गराएका एकीकृत माओवादीका दुई नेताले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । एकीकृत नेकपा माओवादीले आसन्न संविधानसभा निर्वाचनमा आधिकारिक उम्मेदवारविरुद्ध बागी दिएकाहरूलाई उम्मेदवारी फिर्ता गराउने पहल सुरु गरेलगत्तै उनीहरुले आफ्नो नाम फिर्ता गरेका हुन । धनुषा–१...

वैद्य मोर्चा दसैं–तिहारलगत्तै आन्दोलनमा जाने

२०७० असोज २० गते १५:१५

काठमाण्डु, २० असोज– मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी सम्वद्ध ३३ दलीय मोर्चाले दसैं र तिहारलगत्तै आन्दोलन चर्काउने निर्णय गरेको छ । माओवादी कार्यालय बुद्धनगरमा आइतबार बसेको मोर्चाको बैठकले दसैं तिहारलगत्तै निर्वाचनलाई प्रभावित गर्ने गरी आन्दोलनका कार्यक्रम ल्याउने निर्णय गरेको क्रान्तिकारी कमयुनिष्छ पार्टीका केन्द्रीय सदस्य प्रकाश...

आलममाथिको आक्रमणबाट एमाले डराउँदैनः ओली

२०७० असोज २० गते १५:०७

भक्तपुर, २० असोज– एमाले स्थायी कमिटी सदस्य केपी ओलीले बारा–४ का आफ्ना उम्मेदवार मोहम्मुद आलममाथि कायरतापूर्ण आक्रमण भएको र त्यस्तो आक्रमणबाट नडराउने बताएका छन् । पार्टी सम्वद्ध युवा संघले दसैं र तिहारका अवसरमा आइतबार ललितपुरको कौशलटारमा गरेको कार्यक्रममा ओलीले त्यस्तो आक्रमणबाट एमाले नतर्सने बताए...

राप्रपा अध्यक्ष थापाको शल्यक्रिया

२०७० असोज २० गते १४:५२

काठमाण्डु, २० असोज – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको शल्यक्रिया गरिएको छ । मस्तिष्कमा रक्तश्राव भएका कारण दाहिने हात चलाउने अप्ठेरो भएपछि थापालाई शुक्रबार साँझ न्यूरो अस्पताल भर्ना गरिएको थियो । उनको न्यूरो अस्ततालमा आइतबार सफल शल्यक्रिया गरिएको हो । शल्यक्रिया...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us