काठमाण्डू, २८ वैशाख– सरकार नेतृत्वकर्ता एमाले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदमा व्यक्त गरेको धारणा प्रति असन्तुष्टि जनाएको छ । आइतबार प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा एमाले प्रमुख सचेतक महेश बर्तौलाले प्रचण्डको अभिव्यक्तिप्रति आपत्ति जनाएका...
भैरहवा, २७ वैशाख– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्रविरुद्ध निर्णायक धक्का दिने बेला भएको बताएका छन् । पार्टीको सिद्धार्थनगर नगर अधिवेशनलाई शनिबार भैरहवामा उदघाटन गर्दै लिङनेदले गणतन्त्र मुलुकले धेरै दिन धान्न नसक्ने जिकिर गरे । लिङदेनले वर्तमान संविधान आफूहरुको समेत सहमतिमा जारी...
एजेन्सी– भारत र पाकिस्तानबीच युद्धविराम भएको छ । दुवै देशका उच्च अधिकारीले आफूहरुबीच युद्ध रोक्ने सहमति भएको बताएका छन् । पाकिस्तानका उपप्रधान तथा विदेशमन्त्री मोहम्मद इशाक दार र भारतका विदेशसचिव विक्रम मिश्रिले तत्काल लागू हुने गरी युद्धविराम भएको पुष्टि गरेका छन् । मिश्रीका अनुसार...
पाँचथर, वैशाख– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू सरकार ढाल्ने खेलमा नरहेको बताएका छन् । पाँचथर सदरमुकाम फिदिममा शनिबार पार्टीद्वारा आयोजित सभालाई सम्बोधन गर्दै उनले सरकारले कू–कर्मबाहेक केही नगरेको आरोप लगाए । काँग्रेस–एमालेको दुई तिहाईको सरकार भिजेको बिरालोजस्तो अवस्थामा रहेको उल्लेख गरे ।...
काठमाण्डू, २७ वैशाख– प्रधानमन्त्री केपी ओलीले पूर्वराजाहरूको शासनकालप्रति कडा आलोचना गर्दै उनीहरूको नेतृत्वले मुलुकलाई गरिबी र पछौटेपनमा थिचेको आरोप लगाएका छन् । शनिबार राजधानीमा आयोजित दोस्रो राष्ट्रिय वन संवर्द्धन गोष्ठीमा बोल्दै उनले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति कडा रुपमा प्रस्तुत भए । देशलाई वर्षौंसम्म विकासबाट वञ्चित...
गोरखा, २७ वैशाख–बिहानको चिसो हावा, स्कुलको घन्टीले परीक्षा सुरु हुने संकेत दिन थालेको छ । पालुङटार नगरपालिका–६ का ६८ वर्षीय लालबहादुर विक ढाका टोपी, निलो सुट, र विद्यालयको टाइ लगाएर लुइँटेलस्थित अमरज्योति जनता माविको परीक्षा केन्द्रमा प्रवेश गर्छन् । उनको गम्भीर र अनुशासित हाउभाउले...
काठमाण्डू, २७ वैशाख द्वन्द्वपीडितहरूले सङ्क्रमणकालीन न्याय (टीआरसी) सँग सम्बन्धित दुई आयोगको पदाधिकारी सिफारिस प्रक्रिया खारेज गरी नयाँ प्रक्रिया सुरु गर्न माग गर्दै काठमाण्डूको माइतीघरमा विरोध प्रदर्शन जनाएका छन । सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी ऐनबमोजिम दुई आयोगको पदाधिकारी...
मुख्यमन्त्री उमर अब्दुल्लाह एजेन्सी– जम्मू–कश्मीरका राजौरी जिल्लामा पाकिस्तानद्वारा गरिएको गोलीबारीमा एक उच्च भारतीय अधिकारीको ज्यान गएको छ । घटनामा अतिरिक्त जिल्ला विकास आयुक्त राजकुमार थापाको ज्यान गएको अधिकारीहरुलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले जनाएका छन् । उनी नेपाली मुलका भारतीय रहेको बताइएको छ ।...
काठमाण्डू, २७ वैशाख–माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यथास्थिति भत्काउने र रूपान्तरणसहित क्रान्तिलाई समाजवादी क्रान्तिमा लैजाने काममा अघि बढेको बताएका छन् । शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा निर्मल लामा स्मृति दिवसलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले फेरि कम्युनिष्ट आन्दोलनलाई क्रान्तिकारी आदर्श...
काठमाण्डू, २७ वैशाख- कालीकोटको पचालझरना गाउँपालिका-८ स्थित कर्णाली नदीमा बेपत्ता भएका व्यक्तिको खोजीका लागि सशस्त्रको गोताखोर परिचालन गरिएको छ । आज (शनिबार) गोताखोरको टोली परिचालन गरिएको सशस्त्रका सहायक प्रवक्ता डीएसपी शेलेन्द्र थापाले जानकारी दिएका छन । शुक्रबार नुहाउने क्रममा नरहरी गाउँपालिका–१ कोटवारी बस्ने १६...
काठमाण्डू, २७ वैशाख– उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सामाजिक सुरक्षाको भार अर्थतन्त्रले थेग्न नसक्ने अवस्था आएको स्वीकार गरेका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले शनिबार राजधानीमा गरेका पूर्वबजेट छलफल कार्यक्रममा बोःदै पौडेलले सामाजिक सुरक्षाभत्ता राज्यको सामथ्र्यबाहिर पुग्न लागेको बताए । हरेक आर्थिक...
काठमाण्डू, २६ वैशाख– सरकारले पाकिस्तानमा अध्ययनरत् नेपाली विद्यार्थी तथा अन्य नेपालीहरू सम्पर्कमै रहेको जनाएको छ । भारत–पाकिस्तान तनाव बढिरहेका बेला पाकिस्तानमा अध्ययनरत् विद्यार्थीहरू जोखिममा रहेको भन्दै तिनलाई स्वदेश फिर्ताको पहल गर्न माग गरीएको थियो । परराष्ट्र मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै, ‘पाकिस्तानस्थित नेपाली...