भिजेको बिरोलोजस्तो ओली सरकार आफ्नै कू–कर्मको बोझले ढल्छः प्रचण्ड

काठमाण्डु टुडे २०८२ वैशाख २७ गते १६:३५ मा प्रकाशित

पाँचथर, वैशाख– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू सरकार ढाल्ने खेलमा नरहेको बताएका छन् ।

पाँचथर सदरमुकाम फिदिममा शनिबार पार्टीद्वारा आयोजित सभालाई सम्बोधन गर्दै उनले सरकारले कू–कर्मबाहेक केही नगरेको आरोप लगाए ।

काँग्रेस–एमालेको दुई तिहाईको सरकार भिजेको बिरालोजस्तो अवस्थामा रहेको उल्लेख गरे ।

सरकार आफ्नै कूकर्मको बोझले ढल्ने उनको भनाइ थियो । ‘हामीलाई सरकार ढाल्ने हतारो छैन’, प्रचण्डले भने, ‘यो सरकार आफ्नै कू–कर्मको बोझले थिचिएर ढल्छ ।’
प्रचण्डले ०८४ को निर्वाचन पार्टीले एक्लै लड्ने बताए । आफ्नो दल बुर्जुवा वर्गको वैशाखी टेकेर सरकारमा सहभागी नहुने उनको भनाइ थियो ।

‘हामी आफ्नै तागतमा ०६४ मा जस्तै एक्लै चुनावमा जान्छौं’, उनले भने, ‘बुर्जुवाहरूको वैशाखी टेकेर चुनावमा गइँदैन ।’

प्रचण्डले आफूबारे भ्रमणपूर्ण अफवाह फैलाइएको भन्दै भ्रममा नपर्न कार्यकर्तालाई अपिल गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us