प्रचण्डले बिचौलियाको सरकार भनेकामा एमालेको आपत्ति

काठमाण्डु टुडे २०८२ वैशाख २८ गते १२:०२ मा प्रकाशित

काठमाण्डू, २८ वैशाख– सरकार नेतृत्वकर्ता एमाले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदमा व्यक्त गरेको धारणा प्रति असन्तुष्टि जनाएको छ ।

आइतबार प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा एमाले प्रमुख सचेतक महेश बर्तौलाले प्रचण्डको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् । उनले संसदमा प्रस्तुत विचारहरू आलोचनामुखी मात्र नभई रचनात्मक हुनुपर्ने बताए ।

बर्तौलाले प्रचण्डले सरकारमाथि बारम्बार दलाल,विचौलिया र माफियाजस्ता शब्द प्रयोग गरी आरोप लगाउने गरेको भन्दै आपत्ति जनाए ।
संसदबाट गठन भएको सरकारलाई यस्ता शब्दावली प्रयोग गरी आरोप लगाउनु संसदीय मर्यादाविपरीत भएको तर्क उनको थियो ।
‘संसदले बनाएको सरकारलाई पटकपटक यस्तो गम्भीर आरोप लगाइनु दुर्भाग्यपूर्ण हो’, उनले भने, ‘पूर्वप्रधानमन्त्री तथा विपक्षी दलको नेताबाट यस तहको अभिव्यक्ति आउनु दुःखद छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us