विराटनगर, ८ साउन– बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङले सामाजिक सञ्जालमा गरेको विवादित टिप्पणीप्रति गम्भीर आपत्ति जनाएको छ । मेयर साम्पाङले फेसबुकमार्फत वीपी अस्पतालले उपमहानगरको जमिन सुटुक्क आफ्नो नाममा लगेको भन्दै त्यसविरुद्ध प्रदर्शनमा उत्रिन नगरबासीलाई अपिल गरेका थिए । बीपी...
काठमाण्डू, ८ साउन– काठमाण्डूको कमलादीमा स्कुटर दुर्घटना हुँदा युवतीको मृत्यु भएको छ । कमलादीस्थित प्रज्ञा भवन नजिकै गएराति स्कुटर दुर्घटना हुँदा उदयपुरको त्रियुगा नगरपालिका–१३ घर भई हाल काठमाण्डू नस्थली बस्ने २५ वर्षीय समीक्षा रिजालको मृत्यु भएको प्रहरीले जनाएको छ । बागमती प्रदेश०२–०३४प३४५८ नम्बरको स्कुटर...
काठमाण्डू, ८ साउन– एमाले केन्द्रीय सदस्य टंक कार्कीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको सक्रिय राजनीतिमा आउन नदिने निर्णयमा आपत्ति जनाएका छन् । मंगलबार मध्यराति एमाले केन्द्रीय समिति बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओलीले भण्डारीलाई पार्टीमा आउन नदिने निर्णय सुनाएका थिए । कार्कीले संविधानले पूर्वराष्ट्रपतिले सक्रिय...
भक्तपुर, ८ साउन– भक्तपुरमा दुई किशोरी मृत फेला परेका छन् । मध्यपुरठिमी नगरपालिका–८ बोडे सिन्टिटारस्थित एक घरमा बिहीबार बिहान दुई किशोरी मृत फेला परेको प्रहरीले जनाएको छ । उनीहरु कोठाको प्सोजमा एउटै डोरीमा पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेका थिए । भक्तपुर प्रहरी परिसरका...
काठमाण्डू, ८ साउन– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी निकट एमाले नेता विनोद ढकालले केन्द्रीय समिति बैठकले भण्डारीमाथि अपराधपूर्ण निर्णय गरेको टिप्पणी गरेका छन् । एमाले केन्द्रीय समिति बैठकले मंगलबार मध्यराति भण्डारीलाई पार्टी राजनीतिमा फर्कन रोक्न निर्णय गरेको थियो । प्रधानमन्त्रीसमेत हरेका अध्यक्ष केपी ओलीले आगामी महाधिवेशनमा...
काठमाण्डू, ८ साउन– एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता आधिकारिक बेवसाइटबाट हटाएको छ । भण्डारीको सदस्यता बुधबार पार्टी वेबसाइटबाट हटाइएको हो । भण्डारीको ६ सय ४१ नम्बरको पार्टी सदस्यता बुधबारसम्म बेवसाइटमा थियो । उनले ०३७ सालमा तत्कालीन मालेको पार्टी सदस्यता लिएकी थिइन् । एमाले...
चितवन , ८ साउन–चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्ष २०८१/०८२ मा हात्ती, गैँडा, बाघलगायतका वन्यजन्तुको आक्रमणबाट ११ जनाले ज्यान गुमाएका छन् । सबैभन्दा धेरै गैँडाको आक्रमणबाट आठ जनाले ज्यान गुमाएको निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जानकारी दिए । त्यसैगरी हात्तीको आक्रमणबाट दुई र बाघको...
काठमाण्डू, ७ साउन– एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पार्टी राजनीतिमा फर्कन रोक्ने केन्द्रीय समिति निर्णयमा आफ्नो असहमति रहेको बताएका छन् । पोखरेलले भण्डारी राजनीतिमा फर्कने विषयको ‘च्याप्टर क्लोज’ नभएको उल्लेख गरे । मंगलबार मध्यरातमा सकिएको एमाले केन्द्रीय समिति बैठकमा प्रधानमन्त्रीसमेत रहेका...
काठमाण्डू, ७ साउन– प्रधानमन्त्री केपी ओलीले सच्चा कम्युनिष्टले विरोधीसँग घाँटी जोडेर आफ्नो दुनो सोझ्याउने काम नगर्ने बताएका छन् । नपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४७औं स्मृति दिवसका अवसरमा एमाले मुख्यालय च्यासलमा बुधबार आयोजित कार्यक्रममा ओलीले विरोधीसँग घाँटी जोड्ने काम सच्चा कम्युनिष्टले नगर्ने बताए...
काठमाण्डू, ७ साउन– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी उपमहासचिव जनार्दन शर्मालाई जवाफ फर्काएका छन् । आज (बुधबार) नेकपाका संस्थापक महासचिव पुष्पलालको ४७ औँ स्मृति दिवसको अवसरमा काठमाण्डूको राष्ट्रिय सभा गृहमा आयोजित भएको कार्यक्रममा प्रचण्डले शर्माको नमै नलिई पार्टीभित्र...
काठमाण्डू, ७ साउन– रुकुम पूर्वमा जङ्गली च्याउ खाँदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको भूमे गाउँपालिका–५ सेराबाङका तीन वर्षीय योजन विक र छ वर्षीया भाग्यरेखा विक रहेको प्रहरीले जानकारी दिएको छ । योजनको मङ्गलबार दिउँसो र भाग्यरेखाको मङ्गलबार राति...
काठमाण्डू, ७ साउन– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफु अहिले पनि कम्युनिष्टहरूको एकताका लागि झण्डा बोकेर हिँडिरहेको बताएका छन । आज (बुधबार) पुष्पलाल स्मृति दिवसको अवसरमा काठमाण्डूस्थित राष्ट्रिय सभागृहमा आयोजित विचार गोष्ठीलाई सम्बोधन गर्र्दै माओवादी अध्यक्ष प्रचण्डले यस्तो बताएका...