ओलीको निर्देशनमा विद्या भण्डारीको पार्टी सदस्यता बेवसाइटबाट गायब

काठमाण्डु टुडे २०८२ साउन ८ गते ८:३५ मा प्रकाशित

काठमाण्डू, ८ साउन– एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता आधिकारिक बेवसाइटबाट हटाएको छ ।

भण्डारीको सदस्यता बुधबार पार्टी वेबसाइटबाट हटाइएको हो । भण्डारीको ६ सय ४१ नम्बरको पार्टी सदस्यता बुधबारसम्म बेवसाइटमा थियो ।
उनले ०३७ सालमा तत्कालीन मालेको पार्टी सदस्यता लिएकी थिइन् । एमाले केन्द्रीय समिति बैठकमा मंगलबार मध्यरातमा अध्यक्ष केपी ओलीले भण्डारीलाई पार्टीमा फर्कन नदिने निर्णय सुनाएका थिए ।

राष्ट्रपतिजस्तो गरिमामय जिम्मेवारीमा रहेको व्यक्ति पार्टी राजनीतिमा फर्कंदा संविधान र गणतान्त्रिक प्रणालीमाथि नै प्रश्न उठ्ने भन्दै एमालेले भण्डारीलाई सक्रिय राजनीतिमा पर्कन रोकेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us