काठमाण्डु, २४ वैशाख – काठमाण्डुमा हैजाका बिरामी भेटिएका छन् । ताहाचलका ४१ वर्षीय पुरुषमा हैजा भएको पुष्टि भएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले जनाएको छ । अस्पतालका अनुसार यो वर्ष समय अघि नै हैजाका बिरामी भेटिएको हो । सामान्यतया हैजा बर्खा सुरु...
काठमाण्डु, २४ वैशाख – सरकारले पेश गरेको नीति तथा कार्यक्रममाथि छलफल सुरू भएको छ । सरकारले गत शुक्रबार २०७६–७७ को नीति तथा कार्यक्रम पेश गरेको थियो । आइतबारदेखि सुरू भएको छलफल आज टुंगिने छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रमबारे सांसदले...
काठमाण्डु, २४ वैशाख – अमेरिकी डाइर्भसिटी भिसा (इडिभि) २०२० को नतिजा आज सार्वजनिक हुँदैछ । गत असोज १७ गतेदेखि कात्तिक २० गतेसम्म आवेदन खुलाइएको थियो । इडिभीका बिजेताहरुले सन् २०१९ को अक्टोबर १ देखि अमेरिकाको भिसा प्राप्त गर्न सुरु गर्नेछन् । सन् २०२० को...
काठमाण्डु, २४ वैशाख – प्रदेश नम्बर १ को स्थायी राजधानी विराटनगर राख्ने प्रस्ताव पारित भएसँगै धनकुटाबासीले आन्दोलन घोषणा गरेका छन् । राजधानी विराटनगर राख्ने निर्णयको विरोधमा मङ्गलबार १२ बजेदेखि १ बजेसम्म चक्काजाम, मङ्गलबारै बेलुका ७ बजेदेखि साढे सात बजेसम्म ब्ल्याक आउट गरिनेछ । त्यस्तै...
धनगढी, २४ बैशाख – कञ्चनपुरमा जीप दुर्घटना भएको छ । धनगढीबाट कञ्चनपुरको बैलौरी जाँदै गरेको युपी ३१ पि ७९७५ नम्बरको भारतीय जीप कञ्चनपुरको पुर्नवास नगरपालिका–२ मोतिबस्तीमा दुर्घटना भएको हो । दुर्घटनामा अन्नपूर्ण पोष्ट र एपिवान टेलिभिजनका सुदूरपश्चिम ब्यूरो प्रमुख शिवराज भट्टसहित ३ जना घाइते...
बुटवल, २४ बैशाख – बुटवलमा भूकम्पमापन यन्त्र जडान गरिएको छ । विद्यालय भूकम्प शिक्षा कार्यक्रमअन्तर्गत बुटवलको न्यू होराइजन बोर्डिङ स्कुलमा भूकम्पमापन गर्ने उपकरण सिस्मोमिटर जडान गरिएको हो । देशभर २२ वटा विद्यालयमा यस्तो यन्त्र जडान गरिँदैछ । स्विजरल्याण्डको लुजान विश्व विद्यालय र विद्यालयमा भूकम्प...
काठमाण्डु, २४ वैशाख – समाजवादी पार्टी नेपालको केन्द्रीय समितिको पहिलो बैठक आज बस्दैछ । संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्तिबीच एकीकरण भएर बनेको समाजवादी पार्टीले एकीकरण घोषणाको एक दिनपछि नै आज बैठक बोलाएको हो । दुई पार्टीमा कायम केन्द्रीय सदस्य स्वतः नयाँ पार्टीको...
डोटी, २४ बैशाख – डोटीको बडिकेदार गाउँपालिका–४ को वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेका छन् । सोमबार राति अज्ञात समूहले मान्नाकापडीस्थित वडाकार्यालयमा आगजनी गरेको प्रहरीले जनाएको छ । घटनास्थलतर्फ प्रहरी जाँदै गरेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । विस्तृत विवरण आउन बाँकी छ...
काठमाण्डु, २४ वैशाख – त्रिभुवन विमानस्थलबाट एक जना मलेसियन नागरिक पक्राउ परेका छन् । भिसा दस्तुर तिर्न नक्कली अमेरिकी डलर दिएको आरोपमा ४६ वर्षका रुवेन दास अरुल दास पक्राउ परेको विमानस्थल प्रहरीले जनाएको छ । उनी सोमबार राती मालिदो एयरको उडान नम्बर ओडि १८४...
बलेवा, २४ बैशाख – बागलुङको बडिगाड गाउँपालिका र जैमिनी नगरपालिकामा दुई पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । बडिगाड गाउँपालिका–८ नेटाको जङ्गलमा सडेको अवस्थामा बागलुङकै तमानखोला गाउँपालिका–२ का बमबहादुर घर्तीको शव फेला परेको हो । सोमबार बिहान घाँसदाउराका लागि जङ्गल पुगेका स्थानीयवासीले घर्तीको...
काठमाण्डु, २४ वैशाख – धनुषाको मिथिला नगरपालिकामा साढे दुई वर्षीय अबोध बालकको हत्या गरेको अवस्थामा शव फेला परेको छ । मिथिला नगरपालिका–६ ढल्केवरबाट सोमबार साँझ शम्भु साहका साढे दुई वर्षीय छोरा आर्यन साह बेपत्ता भएका थिए । बेपत्ता आर्यनको शव मंगलबार बिहान घर नजिकै...
काठमाण्डु, २४ वैशाख – संघीय संसदका दुबै सदनले आज सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित गर्दैछन् । राष्ट्रपति विद्यादेवी भण्डारीले गत शुक्रवार सदनमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रम प्रतिनिधि सभा र राष्ट्रिय सभाको छुट्टाछुट्टै बैठकले आज पारित गर्ने कार्यसूची बनाएका हुन् । संघीय...