काठमाण्डु, २४ वैशाख – नेपाली काँग्रेसका सांसद डा. मिनेन्द्र रिजालले सभामुख कृष्णबहादुर महराले संसदको गरिमा कायम गर्न नसकेको आरोप लगाएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०७६/०७७ का लागि सरकारले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा रिजालले सो आरोप लगाएका हुन्...
काठमाण्डु, २४ बैशाख – सरकारले संघीय संरचना अनुसार कर्मचारी समायोजन प्रक्रिया अगाडि बढाए पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समायोजन अझै टुंगो लाग्न सकेको छैन । स्वास्थ्यका कर्मचारी समायोजनमा धेरै त्रुटि भएपछि समाधानका लागि सरकारले कर्मचारीसँग गुनासो दर्ता गर्न भनेको थियो । सोही अनुसार स्वास्थ्यका...
काठमाण्डु, २४ बैशाख – इच्छुक सांस्कृतिक प्रतिष्ठानले यस वर्षको इच्छुक स्मृति पुरस्कार चितवनका ईश्वरी ओझा र काभ्रेपलाञ्चोकका प्रभात सापकोटालाई संयुक्त रूपमा प्रदान गर्ने भएको छ । सांस्कृतिक शहीद कृष्णसेन इच्छुकको नाममा स्थापित यो पुरस्कारको राशि रू एक लाख रहेको छ । ओझाका महाकाव्य, खण्डकाव्य,...
काठमाण्डु, २४ वैशाख – समाजवादी पार्टी, नेपालको सदस्यका रूपमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले उपप्रधानमन्त्री उपेन्द्र यादवबाट शपथग्रहण लिएका छन् । बाबुराम नेतृत्वको नयाँ शक्ति नेपाल र उपेन्द्र नेतृत्वको संघीय समाजवादी फोरमबीच एकीकरण भई हिजो .२३ वैशाखमा) समाजवादी पार्टी, नेपाल घोषणा गरिएको हो । नवघोषित...
काठमाण्डु, २४ बैशाख – काठमाण्डुको आठ स्थानमा ट्राफिक बत्ती जडान शुरु भएको छ । कालीमाटी, सिंहदरबार, पद्मोदय घुम्ती, बागबजार तीनकुने, पुरानो बानेश्वर, गौशाला र मित्रपार्क चोकमा ट्राफिक बत्ती जडान गर्न लागिएको हो । काठमाण्डुका धेरै स्थानमा ट्राफिक बत्ती आवश्यक भए पनि बढी आवश्यक स्थान...
काठमाण्डु, २४ बैशाख – कांग्रेसको अवरोधका बीच संघीय संसद् प्रतिनिधिसभाबाट सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ । ध्वनि मतका आधारमा नीति तथा कार्यक्रम पारित भएको सभामुख कृष्णबहादुर महराले घोषणा गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले आक्रोस, कुन्ठा र निम्छरो अभिव्यक्तिहरुलाई वास्ता नगरेर...
काठमाण्डु, २४ बैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले यही बैशाख २६ गतेदेखि जेठ १ गतेसम्म हुने प्रधानमन्त्रीको भियतनाम र कम्बोडियाको भ्रमण सफल र फलदायी हुने स्पष्ट पारेका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै डा....
काठमाण्डु, २४ वैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले आक्रोस, कुन्ठा र निम्छरो अभिव्यक्तिहरुलाई वास्ता नगरेर प्रश्नहरुको जवाफ दिन्छु भनेपछि संसदमा हंगामा भएको छ । प्रमुख विपक्षी दल कांग्रेसका सांसदहरुले संसद अवरोध गरेका छन् । कांग्रेसका सांसद मीनबहादुर विकले ध्यानाकर्षण गराउँदा सभामुखले ध्यान नदिएको भन्दै...
काठमाण्डु, २४ वैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहमाथि व्यंग्य गरेका छन् । नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले मंगलबार प्रतिनिधिसभा बैठकमा नेता सिंहको प्रश्नको व्यंग्यमार्फत् जवाफ दिएका हुन् । ‘सरकारले एक वर्षमा काठमाण्डुलाई...
काठमाण्डु,२४ बैशाख – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नक्कली अमेरिकी डलरसहित एक जना मलेसियन नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा राहदानी नम्बर ए ३५३३३४५३७ बाहक ४६ वर्षीय रुवेन दास अरुल रहेका छन् । उनको साथबाट नक्कली अमेरिकी डलर १ सय दरको १ थान बरामद भएको...
पोखरा, २४ वैशाख – पोखरा विमानस्थलमा अवतरण गर्ने क्रममा मंगलबार दिउँसो जाइरोकप्टर दुर्घटनामा परेको छ । हेली एयर नेपाल प्रालिको नाइनएन एएमके कल साइनको जाइरोकप्टर दिउँसो दुई बजे रन वेबाट चिप्लिएर दुर्घटनामा परेको हो । दिउँसो १ः४५ मा फ्रान्सेली पाइलट एरिकले यात्रु अनिश भट्टचनलाई...
काठमाण्डु,२४ बैशाख – प्रहरीले बाघको छालासहित २ जनालाई पक्राउ गरेको छ । काठमाण्डु महानगरपालिका–२ लाजिम्पाटबाट सोमबार बाघको १ थान छालासहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा दार्चुला दुहु गाउँपालिका–१ घर भएका २९ वर्षीय नरेशबहादुर बम र सोही ठाउँ घर भएका २८...