
काठमाण्डु, २४ वैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहमाथि व्यंग्य गरेका छन् । नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले मंगलबार प्रतिनिधिसभा बैठकमा नेता सिंहको प्रश्नको व्यंग्यमार्फत् जवाफ दिएका हुन् ।
‘सरकारले एक वर्षमा काठमाण्डुलाई धूलोरहित सहर बनाएर मास्कमुक्त गर्ने घोषणा गरेको थियो । तर, मास्क प्रधानमन्त्री र मन्त्रीका लागि मात्र हट्यो होला, जनताका लागि हटेन’ प्रधानमन्त्री सामु नेता सिंहले प्रश्न थियो । प्रश्नको उत्तरमा प्रधानमन्त्रीले भने, ‘पोहोर साल मास्क लगाएर हिँड्नुहुन्थ्यो, यसपल्ट आफैं नलाइ हिड्नुभाछ ’
प्रधानमन्त्रीले आफूहरूले काठमाण्डुलाई सफा राख्न चाहेको बताए । आफूहरूले पूर्णरुपमा धूलो निर्मुल पार्न नसकेको समेत ओलीले स्वीकार गरे । तर, विभिन्न विधिहरू प्रयोग गरेर धूलो हटाउने काम गरिरहेको समेत उनले बताए ।