चितवन, २५ वैशाख – पूर्वी चितवनको राप्तीमा बुधबार बिहान एक समूहले चोरी गर्ने क्रममा कुटपिट गर्दा वृद्ध दम्पती घाइते भएका छन् । उनीहरुको साथबाट चोरी गर्ने समूहले गरगहना लुटेर लगेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार राप्ती नगरपालिका–७ बस्ने ७६ वर्षीय...
तनहुँ, २५ वैशाख – पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुरमा माइक्रोको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ । काठमाण्डुबाट पोखरा जाँदै गरेको बा२ख ५०३९ नंको माइक्रोको ठक्करबाट घाइते भएका बन्दीपुर गाउँपालिका–५ याम्पाका ८२ वर्षीय ठूले थापामगरको उपचारको क्रममा गए राति काठमाण्डुमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले...
सिन्धुली, २५ वैशाख – प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीका अभिव्यक्ति अहंकार र उन्मादले ग्रस्त भएको बताएका छन् । सिन्धुली सदरमुकाममा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पौडेलले प्रधानमन्त्रीको अहंकारले संसदको मर्यादामाथि पटक–पटक प्रहार गरेको बताए...
डडेल्धुरा, २५ वैशाख – महाकाली नदीमा डुबेर बेपत्ता भएका भागेश्वर गाउँपालिकाका सहायक लेखापाल डम्बर पालको शव भेटिएको छ । महाकालीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका २५ वर्षीय पालको बुधबार शव फेला परेको हो । परशुराम नगरपालिका–५ परशुरामधामको तीन किलोमिटर माथि कल्पटेखानको पारी भारतीय क्षेत्रमा...
पाल्पा, २५ वैशाख – माथागढी गाउँपालिका–२ रुप्सेस्थित सोलेमा सिँचाइका लागि पाइप गाड्दा जमिनमुनिबाट प्राकृतिक ग्यास निस्केको छ । सिँचाइका लागि पानी निकाल्न ट्युबवेल गाड्ने क्रममा जमिनमुनिबाट ग्यास निस्किरहेको छ । स्थानीय ताराबहादुर कुमालको जग्गामा ट्युबवेल गाडेर पानी निकाल्ने क्रममा ग्यास निस्केको हो । फलामको...
सिन्धुपाल्चोक, २५ वैशाख – सिन्धुपाल्चोकको मेलम्चीबाट नवलपुर जाँदै गरेको आइचर ट्रकबाट खस्दा एकको ज्यान गएको छ । मंगबार साँझ मेलम्चीबाट नवलपुर जाने क्रममा बा४ख ७०१८ नंको आइचर ट्रक दुर्घटना हुँदा इन्द्रावती–४ का ६४ वर्षीय शुरबहादुर तामाङको ज्यान गएको हो । आइचरको पछाडि बसेर जन्तीबाट...
काठमाण्डु, २५ वैशाख – एकै पटक अत्यधिक ‘एक्सस’ भएपछि अमेरिकी डाइभर्सिटी भिषा (डिभी) २०२० को नतिजा हेर्ने आधिकारिक वेबसाइटमा समस्या देखिएको छ । युएस डिपार्टमेन्ट अफ स्टेट ब्युरो अफ काउन्सिलर अफेयरले ट्विट गर्दै डिभी आवेदकले एकै पटक उच्च संख्यामा ‘एक्सेस’ गरिरहेको जनाएको छ ।...
बुटवल, २५ वैशाख – भूकम्प मापनका लागि बुटवलमा भूकम्प मापन यन्त्र जडान गरिएको छ । विद्यार्थी मार्फत भूकम्पबाट बच्ने तरिका सिकाउन भन्दै न्यू होराइजन आवासीय माविले भूकम्प मापन गर्ने उपकरण सिस्मोमिटर जडान गरेको हो । विद्यालयमा भूकम्प शिक्षा कार्यक्रमले होराइजन सहित देशभरका २२ विद्यालयमा...
काठमाण्डु, २५ वैशाख – जल तथा मौसम पूर्वानुमान महाशाखाले आज सामान्यतया देशभर मौसम सफा रहेको जनाएको छ । तथापि पूर्वी पहाडी भेगका एक–दुई ठाउँमा अपराह्न वा साँझपछि आंशिक बदली भई मेघगर्जन सहित क्षणिक हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै पश्चिम पहाडका...
चितवन, २५ वैशाख – कृषि तथा वन विज्ञान विश्वविद्यालयको रामपुरको पठनपाठन एक महिनादेखि ठप्प भएको छ । गत चैत २१ गते विश्वविद्यालयका कृषि सङ्कायका सहायक डिन विष्णु ओझालाई विद्यार्थीले कालोमोसो दलेर अभद्र व्यवहार गरेपछि विश्वविद्यालयको पठनपाठन ठप्प भएको हो । विश्वविद्यालयका रजिष्ट्रार मनराज कोलाक्षपतिका...
काठमाण्डु, २५ वैशाख – नेपाली कांग्रेसको राष्ट्रिय जागरण अभियान आज सुरु हुँदैछ । महासमिति बैठकले पारित गरेको नीति कार्यक्रम तथा संशोधित विधान बारे पार्टीको स्थानीय तहसम्मलाई जानकारी दिने उद्देश्य सहित सहित अभियान सुरु गर्न लागेको कांग्रेसको भनाई छ । कार्यक्रमको उद्घाटन वरपिपल र स्वमीमध्ये...
लहान, २५ वैशाख – पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैयामा रोकिराखेको नेपाली सेनाको ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु भएको छ । चोहर्वास्थित नेपाली सेनाको बा १ ग २४६२ नम्बरको ट्रकमा स ६ प ८०१३ नम्बरको मोटरसाइकल पछाडिबाट ठोक्किँदा मोटरसाइकल चालक मिर्चैया नगरपालिका–५ का सागरकुमार जयसवालको घटनास्थलमै...