माइक्रोको ठक्करबाट पैदलयात्रुको मृत्यु

काठमाण्डु टुडे २०७६ वैशाख २५ गते १२:३९ मा प्रकाशित

तनहुँ, २५ वैशाख – पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुरमा माइक्रोको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ ।

काठमाण्डुबाट पोखरा जाँदै गरेको बा२ख ५०३९ नंको माइक्रोको ठक्करबाट घाइते भएका बन्दीपुर गाउँपालिका–५ याम्पाका ८२ वर्षीय ठूले थापामगरको उपचारको क्रममा गए राति काठमाण्डुमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

सोमबार बन्दीपुर गाउँपालिका–५ याम्पाफाँटमा माइक्रोको ठक्करबाट सडकछेउ हिँडिरहेका मगर घाइते भएका थिए ।

टाउको र शरीरको विभिन्न भागमा चोट लागेका मगरलाई स्थानीय मेडिकलमा उपचारपश्चात् थप उपचारको लागि काठमाण्डुस्थित सीतापाइला अस्पताल पठाइएको थियो ।

ठक्कर दिने माइक्रोबसका चालक र माइक्रोबस प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us