
सिन्धुली, २५ वैशाख – प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीका अभिव्यक्ति अहंकार र उन्मादले ग्रस्त भएको बताएका छन् ।
सिन्धुली सदरमुकाममा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पौडेलले प्रधानमन्त्रीको अहंकारले संसदको मर्यादामाथि पटक–पटक प्रहार गरेको बताए ।
प्रधानमन्त्री ओलीले मंगलबार संसदमा सांसदहरुले सोधेको प्रश्न आक्रोश, कुन्ठा र निम्छरा भएको बताएपछि कांग्रेसले विरोध जनाउँदै आएको छ ।
नेता पौडेलले प्रधानमन्त्री ओलीको अलोकतान्त्रिक मानसिकताले आर्थिक र सामाजिक अराजकता बढेको बताए । नेता पौडेलले काङ्ग्रेसभित्र आन्तरिक मतभेद कायमै रहेको बताउदै उनले मतभेदका कारण पार्टी भित्र आन्तरिक संघर्ष चलिरहेको स्पष्ट पारे ।
उनले १४ औं महाधिवेशनमा समयको माग भए आफू सभापतिको उमेदवार हुने बताए ।